घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा चेल्सी बार्सिलोनासँग बराबरी

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन ९ गते २०७४ मा प्रकाशित


एजेन्सी—चेल्सीलाई उसैको मैदानमा बराबरी गर्दै बार्सिलोनाले च्याम्पियन्स लिग पहिलो लेगमा कम ब्याक गरेको छ । गोलको सामना गरेको बार्सिलोनाले लियोनेल मेस्सीको गोलबाट बराबरी गर्दै पहिलो लेग चेल्सीसँग १—१ को बराबरीमा टुंगियो ।

घरेलु मैदान स्टामाफोर्डमा चेल्सीले ६२ औं मिनेटमा गोलको खडेरी तोड्यो । स्पेनिस ला लिगको लिडर बार्सिलोनामाथि आग्रता दिलाउँदा स्टेडिजका ब्लुजका समर्थक निकै उत्साहित बने । तर त्यो अग्रतालाई अन्त्यसम्म जोगाउन असमर्थन बन्यो । ७५ औं मिनेटमा बार्सिलोनले गोल गर्दै खेल बराबरीमा ल्यायो । आन्दे्र इनियष्टाको पासमा लियोनेल मेस्सीले गोल गरेपछि खेल बराबरीमा टुंगिने संकेत देखियो । अघिल्लो दिनमै चेल्सीका मिडफिल्डर सेस फेब्रिगासले खेल पुर्व नै सबैभन्दा सचेत इनियष्टासँग हुनुपर्ने खुलासा गरेका थिए । जुन खेलको दौरानमा उनलाई मार्किङ गर्न नसक्दाको पीडा चेल्सीले बराबरी गोलमा खेप्यो ।

५३ औं मिनेटमा बार्साका लुईस स्वारेजले आन्द्र इनियष्टाको पासलाई सदुपयोग गर्न सकेनन् । स्वारेजको प्रहार बाहिरियो । ४९ औं मिनेटमा इनियष्टाले हानेको बल पोष्टभन्दा माथिबाट आकासियो । एक्लै अवस्थामा रहदाँ इडेन हाजार्डले पनि चेल्सीको लागि गोल गर्ने मौका गुमाउन पुगे । ४२ औं मिनेटमा पाएको अवसरलाई हाजार्डले निकैमाथि फालिदिए । ३८ औं मिनेटमा अग्ला कदका जेरार्ड पिकेले हानेको हेड पनि बाहिर गयो । उनलाई इभान रकिटिचले कर्नर क्रसबलमा हेडिङ गरे ।