करणलाई पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिद्वारा नगदसहित सम्मान

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन ९ गते २०७४ मा प्रकाशित


पोखरा (खेलाडी न्युज)— नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण केसीलाई पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले नगदसहित सम्मान गरेको छ । पोखरा रंगशालामा बुधबार आयोजित कार्यक्रममा प्रदेशन ४ का उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रामशरण बस्नेतले नगद एकलाखसहित सम्मानपत्रबाट केसीलाई सम्मानित गरे । सम्मानपछि बोल्दै मन्त्री बस्नेतले प्रदेश नं ४ लााई खेलकुदको पूर्वाधारमा प्रदेश सरकारले विशेष प्राथमिकतामा राखिएको बताए । साथै केसीले सञ्चालन गरेको राईजिङ क्रिकेट एकेडेमीलाई एक वर्षको लागि आवश्यक क्रिकेट किट समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरियो ।

नामिवियामा आयोजित आईसिसी विश्वकप क्रिकेट लिग डिभिजन २ मा क्यानडा विरुद्धको खेलमा स्ट्राईकमा रहेको करण केसी र नन स्ट्राइकमा सन्दीप लामिछाने थिए । नेपाललाई जितको लागि अन्तिम ओभरमा ८ रनको खाँचो थियो । स्ट्राईकमा रहेका करणले चार वल डट खेले । अन्तिम दुई बलमा ८ रन चाहियो । पाँचौ बलमा उनले छक्का हिर्काए । जितको लागि एक बलमा २ रन आवश्यकता पर्यो । अर्को बल वाईड हुन पुग्यो । म्याच टाई भयो । अन्तिम बलमा एक रन लिदैं १९५ रनको लक्ष्य नेपालले पुरा ग¥यो । नेपाल लिग डिभिजन १ मा उक्लियो र विश्वकप छनोटको लागि योग्य बन्यो । जसको श्रेय बाग्लुङले करण केसी र सन्दीप लामिछानेले पाए ।

कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल तथा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बराल लगायतले अविर, खादा, माला तथा सम्मानपत्र प्रदान गरेका थिए । २२ वर्ष भारतको चण्डीगढका विताएका करण २०१४ मा नेपाल फर्किएका हुन् । चण्डीगढको गर्भमेन्ट मोडल सिरियर सेकेण्डरी स्कुलबाट दशजोड दुई पास गरेका २६ वर्षिय करणले नेपालको राष्ट्रिय टोलीमा २०१४ र अन्तराष्ट्रिय डेब्यु भने २०१५ बाट डेब्यु गरे ।

जन्म—सन १९९१—१०—१०
जन्मस्थान— बाग्लुङ, सिगाना
अध्ययन—दशजोड दुई पास
राष्ट्रिय क्रिकेट टोलीमा समावेश—२०१४ (पोखरा रंगशालामा)
एनपिएल—पन्चकन्या तेज (काठमाडौ) म्यान अफ दि म्याच
सातौ राष्ट्रिय खेलकुद( पुर्वाञ्चल)— शसस्त्र प्रहरी बल(स्वर्ण पदक)
ईपिएल— पन्चकन्या  विजेता (म्यान अफ दि म्याच)
ईपिएल दोस्रो सस्करण— विराटनगर (विजेता)
अन्तराष्ट्रिय डेब्यु—२०१५ (श्रींलका विरुद्ध)—५ विकेट
डिभिजन टु—२०१५ (नामिविया) क्यानडा विरुद्ध ५ विकेट
टी—२० विश्वकप क्वालिफायर—२०१६ (स्कटल्याण्ड)
विश्वकप क्रिकेट लिग —२०१७—०१८
डिभिजन टु— नामिविया( म्यान अफ दि म्याच क्यानडा विरुद्ध)