अष्ट्रेलियालाई त्रिकोणात्मक टी—२० सिरिजको उपाधि

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन ९ गते २०७४ मा प्रकाशित


एजेन्सी—न्युजिल्याण्डलाई १९ रनले पराजित गर्दै अष्ट्रेलियाले त्रिकोणात्मक टी—२० सिरिज क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । न्युजिल्याण्डले दिएको सर्वाधिक २४३ रनको लक्ष्यलाई समेत पुरा गर्दै फाईनलमा प्रवेश गरेको अष्ट्रेलियाले अपराजित रहदैं बुधबार पानी परेको खेलमा डिएल मेथोडको आधारमा जित्दै उपाधि चुम्यो । न्युजिल्याण्ड इग्ल्याण्डसँग पराजित भएपनि नेट रनरेटको आधारमा फाईनल पुगेको थियो ।

न्युजिल्याण्डले जितको लागि अष्ट्रेलियालाई १५१ रनको लक्ष्य दिएको थियो । तर खेल चलिरहँदा पानी अष्ट्रेलिया १४ ओभर ४ बलमा १२१ रन बनाई खेलिरहेको थियो । पानी परेपछि डिएलए मेथोडको आधारमा १०३ रनको लक्ष्य देखियो । मेथोडको आधारमा अष्ट्रेलिया १९ रनले अघि थियो । न्युजिल्याण्डका लागि टायलोरले ४३ रनको योगदान दिए । मुनरोले २९ रन बनाए । मार्टिन गुप्टिलले २१ रन, सोधीले १३ रन बनाई आउट भए । ए.सि अगरले चार ओभरमा २७ रन दिएर ३ विकेट लिए । रिचर्डसन र ए.जे अजेले दुई दुई विकेट लिए ।

लक्ष्य पछ्याएको अष्ट्रेलियाका लागि डि.जे.एम सर्टले अर्धशतक पुरा गरेपछि जितको आधार तयार भएको थियो । सर्टले ३० बलमा ३ छक्का छ चौकाको मद्धतमा ५० रन पुरा गरे । डेविड वार्नरले २५ रन बनाए । म्याक्सवेलले २० र आरोन फिन्च १८ रनमा नटआउट खेले । अष्ट्रेलियाका अगर म्यान अफ द म्याच घोषित भए ।