जुडोमा नेपाललाई ४ स्वर्ण

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन १५ गते २०७४ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)बंगलादेशमा जारी बीकेएसपी कप जुडो प्रतियोगितामा मंगलबार नेपालले ४ स्वर्ण जितेको छ । त्यस दिन नेपालले थप १ कांस्य पनि जित्यो ।महिला ५७ केजीमुनि १२ औं सागकी रजतधारी मनीता श्रेष्ठ प्रधानले फाइनलमा बंगलादेशकी अरिफा अक्तरलाई पराजित गर्दै स्वर्ण जितिन् ।

पुरुष ६० केजीमा रोशनबहादुर दोङले स्वर्ण जिते । उनले फाइनलमा भारतका अर्विन्दो घोषलाई हराए । ६६ केजीमा स्वर्ण जितेका १२ औं सागका कांस्य विजेता इन्द्रबहादुर श्रेष्ठले बंगलादेशका कायस अहमदलाई पन्छाए । बाल विकास माविमा अध्ययनरत स्वर्ण विजेतात्रय बन्दी सहायता नियोग ९पाम० मा आश्रित छन् । मनीताले घरेलु प्रतियोगितामा विभागीय टोली नेपाल आर्मीबाट खेल्छिन् भने बाँकी दुई पामबाटै खेल छन् ।

पुरुष ७३ केजीमुनि सुमन श्रेष्ठले स्वर्ण जिते । उनले बंगलादेशकी अकिब हैदर इमोनलाई पाखा लगाए । महिला ६३ केजीमुनि निर्मला घर्तीले कांस्य जितिन् । प्रतियोगिताको अन्तिम दिन बुधबार ६ नेपाली खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । नेपालबाट ११ खेलाडी सहभागी छन् ।