तेक्वान्दो टोली मलेसिया प्रस्थान

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन १६ गते २०७४ मा प्रकाशित


काठमाडौं (खेलाडी न्युज)। मलेसियामा हुने मलेसिया ओपन तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन नेपाली तेक्वान्दो टोली त्यसतर्पm प्रस्थान गरेका छन् । बुधबार सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघमा आयोजित कार्यक्रममा १० सदस्यीय तेक्वान्दो टोलीलाई बिदाई गरिएको छ । तेक्वान्दो टोलीलाई नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकास सम्सेर राणा, संघका केन्द्रीय सदस्य नोर्बु लामा, बद्रीप्रसाद घिमिरे र संगिना बैद्य लगायतले बिदाई गरे । आगामी मार्च १ देखि ४ सम्म हुने च्याम्पियनसिपका लागि तेक्वान्दोका मुख्य प्रशिक्षक नन्दुकुमार राईको नेतृत्वमा ७ सदस्यीय खेलाडी छन् । च्याम्पियनसिपमा नेपालको तर्पmबाट संघका सचिवसमेत रहेका नबिनकुमार श्रेष्ठले निर्णायकको भुमिका निर्भाह गर्नेछन् ।

टोलीको प्रशिक्षकमा विशाल रायमाझि रहेका छन् । च्याम्पियनसिपको पुम्सेमा मनोज मल्लले ५४ केजी, रन्जन श्रेष्ठले ६८ केजी, उज्ज्वल गुरागाईँले ८० केजी, भुपेन श्रेष्ठले ८७ केजी र उमेशराज भण्डारीले ६३ केजी तथा महिलामा कल्पना चौधरीले ४६ केजी र अस्मिता खड्काले ४९ केजीमा नेपालको तर्पmबाट चुनौती प्रस्तुत गर्नेछन् । च्याम्पियनसिप जी–१ खेल भएकाले खेलाडीको सहभागितामै अंक प्राप्त गर्नेछन् । बिदाईको अवसरमा संघका अध्यक्ष राणाले आफ्नो सहभागितालाई धर्यताका साथ उचो स्तरको बनाउन शुभकामना व्यक्त गरे । नेपाली टोली २ चरणमा मंगलबार र बुधबार मलेसिया प्रस्थान गर्नेछन् ।