ग्रिजम्यानको लोभलाग्दो प्रदर्शन, ला लिगामा बार्सिलोनासँग ४ अंकको दुरी

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन १७ गते २०७४ मा प्रकाशित


एजेन्सी—स्पेनिस ला लिगामा एथलेटिको मड्रिडले लिग लीडर बार्सिलोनासँगको दुरी केवल ४ अंकमा झारेको छ । आईतबार एथलेटिकोले बार्सिलोनासँग प्रतिस्पर्धा गर्ने छ । त्यसको लागि समेत एथलेटिको तयारीमा छ ।

बुधबार राती मात्रै लेगानेसलाई ४—० को फराकिलो अन्तरले हराउँदै लिग च्याम्पियनको दौडमा पछाडि पछाडि आईपुगेको छ । चारै गोल एन्टोनी ग्रिजम्यानले गरे । एकै खेलमा चार गोल गर्दै उनले आफनो स्ट्राइकिङ क्षमता प्रदर्शन गरेका छन् ।
ग्रिजम्यानले पहिलो गोल भने २६ औं मिनेटमा गरे । कोकेले दिएको थ्रो बललाई उनले सदुपयोग गर्ने क्रममा पोष्टको सिधै छिरेपछि एथलेटिको मड्रिडले स्पष्ट अग्रता लियो ।

३५ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्ने क्रममा ग्रिजम्यानले फ्रिकिकलाई सदुपयोग गरे । कोकेलाई गुम्बाउले फउल गरेपछि पाएको फ्रिकिकलाई ग्रिजम्यानले गोल गर्दै अग्रतालाई दोब्बर बनाए । ५६ औं मिनेटमा उनले ह्याट्रिक पुरा गरे । ग्रिजम्यानले नै फिलिपे लुईसको क्रस बललाई कलेक्ट गर्दै हानेको सट सिधै पोष्टको कुनाबाट छि¥यो । जुन गोलले उनको ह्याट्रिक पुरा गरिदियो । व्यक्तिगत चौथो गोल गर्ने क्रममा उनले ६७ मिनेटमा सम्भव बनाए । डियागो कोष्टाले दिएको पासमा लेष्टफुटेट सट पोष्टको दायाँतर्फको भागबाट बल भित्र छिर्दै अग्रतालाई फराकिलो बनाई तीनअंक जोडियो । जुन अंकले बार्सिलोनासँगको दुरी ४ अंकमा झारिदियो । बार्सिलोनाल ६५ अंकसहित शीर्ष स्थानमा छ ।