नेपाल र हङकङ बीचको खेल पानीले स्थगित, मार्च ४ मा जिम्बावेसँग पहिलो खेल्दै नेपाल

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन १७ गते २०७४ मा प्रकाशित


पोखरा (खेलाडी न्युज)—नेपाल र हङकङ बीचको खेल पानीले बिथोलिएको छ । नेपाली समय अनुसार १ बजेर १५ मिनेटमा शुरु हुने भनिएपनि पानी निरन्तर परेपछि खेल नै अवरुद्ध हुन पुग्यो । अब नेपालले विश्वकप छनोटको अन्तिम खेल मार्च १२ मा हङकङसँग खेल्ने छ । नेपालले आफनो समूहमा रहेको टोलीको वार्म म्याचमा देखिएको प्रदर्शनको आधारमा खेल रणनीति तयार पार्नुपर्ने खाँचो छ । नेपालको समूहमा रहेका टोलीले दुई रनको आँकडा भने कटाएको अवस्था छैन् ।

विश्वकप छनोट अन्तर्गत नेपालले अब तीन दिनपछि मार्च ४ मा जिम्बावेसँग खेल्ने छ । सन १९८३ मा जिम्बावेले पहिलो पटक विश्वकप खेलेको थियो । वल्र्डकप क्वालिफायरमा तीन पटक च्याम्पियन बनेको छ । सन १९८२ मा पहिलो, १९८६ र १९९० मा तीन पटक क्वालिफायर च्याम्पियन बनेको इतिहास छ ।

नेपाल स्कटल्याण्डसँग ८ मार्चमा प्रतिस्पर्धा गर्ने छ । स्कटल्याण्ड पनि विश्वकपको अनुभवी टोली हो । स्कटल्याण्डले सन १९९९ मा वल्र्डकप खेलेको छ । पाँच पटक विश्वकप छनोटमा सहभागिता जनाई सन २००५ र २०१४ मा छनोट च्याम्पियन समेत भईसकेको छ । १९९४ मा आईसिसीको स्कटल्याण्डलाई एकदिवसीय बरियता र टी —२० को स्टाटस पाएको थियो । ७ मे १८४९ मा इग्ल्याण्ड ११ सँग पहिलो अन्तराष्ट्रिय खेल समेत खेलेको थियो । स्कटल्याण्ड पनि नेपाली टोलीको लागि नयाँ हुने छ ।

नेपालले विश्वकपको अन्तिम छनोट खेल मार्च १२ मा हङकङसँग खेल्ने छ । नेपाल र हङकङ बीच धेरै पटक आमने सामने भईसकेका छन् । सन २००८ मा एशियन क्रिकेट काउन्सिल ट्रफी इलाईटमा हङकङलाई ४४ रनले पराजित गरेको थियो । सन २०१० मा पनि हङकङलाई अझ पराकिलो रनले पराजित गरेको थियो । सन २०१२ मा १२५ रनले पराजित गरेको नेपालले भने २०१४ मा लिग प्रिमियरमा भने हङकङसँग पराजित भको थियो । सन २०१७ मा भने नेपालले हङकङलाई छ रनले पराजित गरेको तथ्यांक छ ।

नेपालले अफगानिस्तानसँग मार्च १० मा खेल्ने छ । अफगानिस्तान क्रिकेटको एकदिवसिय बरियतामा ११ औं स्थानमा छ । टी—२० को बरियता भने नवौंमा रहेको छ । नेपाल र अफगानिस्तान बीच एकापसी परिचित प्रतिस्पर्धी हुन् । नेपालले २०१४ मा अफगानिस्तानलाई टी—२०मा पराजित गरेको थियो । नेपालले दिएको १४१ रनको लक्ष्यलाई अफगानिस्तान १३२ रनमा समेट्दै ९ रनले जितेको थियो ।