पोखरा विश्वविद्यालय शुशिल कोईराला मेमोरियल फेरष्ट्री इन्टर टेक्निकल फुटबलको फाईनलमा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन २१ गते २०७४ मा प्रकाशित


हेटौंडा(खेलाडी न्युज)-नेपाल विद्यार्थी संघ कृषि तथा बन विश्वविद्यालय बन संकाय हेटांैडाले गरेको सुशील कोइराला मेमोरियल फरेष्ट्री इन्टर टेक्निकल फुटबल गोल्डकप–२०७४ मा दुई सेमिफाइनल खेलमा एएफयु रामपुर र पोखरा विश्वविद्यालय (पियु) पोखरा विजयी भएका छन् ।

विजयीसँगै दुई टिम उपाधिका लागि खेल्नेछन् । पहिलो सेमिफाइनलमा पीयु पोखरालाई एएफयु रामपुरले २–१ गेल अन्तरले पराजित गरेको थियो । खेलको दोस्रो हाफमा रामपुरका किशोर थारु र क्रिस्टल श्रेष्ठले एक÷एक गोल गरेका थिए भने पोखराका प्रिन्स तुलाचनले २ गोल फर्काएका थिए । खेलमा पोखराका सुरज लौडारी म्यान अफ दी म्याच भए ।
दोस्रो सेमिफाइनल फरेष्ट्री ह्वाइट हेटौंडा र पीयु ‘बी’ पोखराबीच भएको थियो ।

खेलमा निर्धारित समयमा दुवै टिमको २–२ गोल भएपश्चात् टाइब्रेकरमा खेल पुगेको थियो । टाइब्रेकरमा फरेष्ट्री ह्वाइट हेटांैडालाई पीयु ‘बी’ पोखराले ५–३ गोल अन्तरले पराजित गरेको छ । निर्धारित समय पोखराका आकाश गुरुङ र सुशान्त केसीले एक÷एक गोल गरेका थिए भने हेटांैडाका सुरज बिष्टले २ गोल गरेका थिए । दोस्रो खेलको म्यान अफ दी म्याच बिष्ट भए । फाइनल २३ गते हुने आयोजकले बताएको छ ।