पाकिस्तान प्रस्थान गर्ने ह्याण्डबल टोलीलाई बिदाई

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन २२ गते २०७४ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)—अन्तर्राष्ट्रिय ह्याण्डवल महासंघको युवा लक्षित कार्यक्रम अन्र्तगत यही मार्च १० देखि १५ गतेसम्म पाकिस्तानको फैसलावादमा संचालन हुने आइ.एच.एफ. ट्रफीमा सहभागि हुने नेपाली दुई टोलीलाई आज बिदाई गरिएको छ ।

प्रतियोगितामा नेपालबाट १९ बर्ष र २१ बर्ष मुनिका खेलाडीहरु सहभागी हुनेछन । उक्त टिमको नेतृत्व नेपाल ह्याण्डबल संघका अध्यक्ष एवम नेपाल आलेम्पिक कमितीका सदस्य तेज बहादुर गुरुङले गर्ने भएका छन । खेलाडी, प्रशिक्षक र टिमको व्यवस्थापक गरि ४० जनाको टोली बिहीबार पाकिस्तान प्रस्थान गर्ने छन् ।
नेपाल ह्याण्डबल संघका सचिव केशब पाठक, कास्की जिल्ला ह्याण्डबल संघका जिल्ला अध्यक्ष क्याप्टेन जग बहादुर गुरुङ, बरिष्ठ उपाध्यक्ष चित्र थापा, सचिव टेक बहादुर गुरुङ र खेलाडीका अभिभावकहरुले खादा तथा अविर लगाएर विदाई गरेका हुन ।

यसै बिच राखेप च्याम्पियनसिप अन्र्तगत पुष १९ देखि २२ मा पोखरामा सम्पन्न ९ औं महिला तथा १८ पुरुष राष्ट्रिय ह्याण्डबल प्रतियोगिताको समेत उक्त कार्यक्रममा आय व्यय सार्वजनिक गरिएको छ । कास्की जिल्ला ह्याण्डबल संघका कोषाध्यक्ष इन्द्र बहादुर गुरुङले उक्त प्रतियोगितामा १ लाख १३ हजार ४ सय ९२ रुपैंया बचत गर्न सफल रहेको बताए । उनले कुल आयको २० लाख ६० हजार २ सय ९५ मध्ये १९ लाख २८ हजार ८ सय ३ रुपैया खर्च भएको र सो बचत मध्ये ९७ हजार २ सय रुपैया नेपाल ह्याण्डबल संघले र ३४ हजार २ सय ९२ कास्की जिल्ला ह्याण्डबल संघले ह्याण्डबल प्रशिक्षणका विभिन्न कार्यक्रममा खर्च गरिने बताइएको छ ।