आर्यन र सलोनी च्याम्पियन

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन २२ गते २०७४ मा प्रकाशित


काठमान्डौं(खेलाडी न्युज)—पाँचौ नेपाल जूनियर खुला लन टेनिस च्याम्पियनशिपको अन्दर– १४ ब्वाइजमा आर्यन गिरी र गल्र्समा सलोनी तामांग च्याम्पियन बनेका छन् ।

प्रतियोगिताको अन्तिम दिन मंगलबार ललितपुर सातदोबाटोस्थित लन टेनिस कोर्टमा भएको ब्वाइज अन्दर–१४ को फाइनलमा आर्यनले एभ्यक जोशीलाई ६–१, ६–० को सेटमा पराजित गर्दै उपाधि जितेका हुन् । यसैगरी गल्र्स अन्दर–१४ मा सलोनी तामांगले रायना शाहलाई ६–४, ७–५ ले हराउँदै उपाधि चुमिन ।

मंगलवारै भएको अन्दर–१२ को ब्वाइज र गल्र्सको फाइनलमा आरभ सम्राट हाडा र सुभाङ्गी लक्ष्मी शाहले उपाधि जित्न सफल भए । आरभले प्रणव मानन्धरलाई ६–२, ६–३ को सेटमा हराउँदा सुभाङ्गी पनि आजा रेग्मीलाई ६–३, ६–१ को सेटमा पराजित गर्दै च्याम्पियन बनिन् । उपाधि विजेता खेलाडीहरुलाई नेपाल जूनियर लन टेनिसका अध्यक्ष अजय विष्ट लगायत अन्य पदाधिकारीहरुले मेडल तथा प्रमाण पत्र वितरण गरेका थिए ।