टोटेनहयाम हट्सपर बाहिरियो, सिटी भने क्र्वाटरफाईनलमा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन २४ गते २०७४ मा प्रकाशित


एजेन्सी—च्याम्पियन्स लिग अन्तर्गत दुवै इग्ंिलस क्लब पराजित भएका छन् । यद्यपी अन्तिम आठको स्थान भने प्रिमियर लिग लिडर म्यानचेष्टर सिटीले भने सुरक्षित गरेको छ । बसेलसँग दोस्रो लेगमा २—१ ले पराजित भएको सिटी पहिलो लेगमा निकालेको उत्कृष्ठ जितले क्र्वाटरफाईनल प्रवेश गरायो । तर घरेलु मैदानमा खेलेको टोटेनह्याम हट्सपर भने युभेन्ट्ससँग पराजित हुदैं च्याम्पियन्स लिगको उपाधि होडबाट बिदा लिएको छ ।

युभेण्ट्सकै मैदानमा २—२ को बराबरी खेल्दै आत्मविश्वासी देखिएको टोटेनहयाम हट्सपर भने घरेलु मैदानमा २—१ ले पराजित हुदैं बाहिरियो । घरले मैदानमा सन ह्युङ मिनको गोलमा लिएको अग्रतालाई युभेण्ट्सले दोस्रो हाफमा उल्ट्यायो । ६४ औं मिनेटमा गोन्जाले हिगुईनले बराबरी गोल गरे । भने ६७ औं मिनेटमा पाउल डिबालाले गोल गर्दै च्याम्पियन्स लिगको बाटो देखाए ।

सिटीले पनि लिएको अग्रतालाई जोगाउन सकेन् । आठौं मिनेटमा ग्रावियर जेसिसले गोल गर्दै सिटीलाई दिलाएको अग्रता १७ औं मिनेटमा बराबरी हुन पुग्यो । १७ औं मिनेटमा बसेलका लापग मोहम्मद इल्योनोउस्सीले गोल गरे भने ७१ औं मिनेटमा माईकल लाङले गोल गर्दै बसेलाई २—१ को जित दिलाएपनि समग्रमा ५—२ को नतिजाले च्याम्पियन्स लिगको अन्तिम आठमा प्रवेश पायो ।