एबार विरुद्धको जितमा रोनाल्डो नायक

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन २६ गते २०७४ मा प्रकाशित


Ronaldo

एजेन्सी—स्पेनिस लिगमा खराब लयमा देखिएको रियल मड्रिडलाई क्रिष्टियानो रोनाल्डोले जीवनदान गर्ने क्रममा एबारमाथि २—१ गोलले पराजित गरेको छ । रोनाल्डोले दुई गोलमा एबारमाथि जित दर्ता गर्दै रियल मड्रिड ५७ अंकसहित लिगको तेस्रो स्थानमा यथावत छ ।

मड्रिडले प्रशिक्षक जिनेदिनको प्रशिक्षकत्वमा नौ मध्ये आठ खेल आफनो पक्षमा पारेको छ । खेलको ३४ औं मिनेटमा रोनाल्डको गोलबाट लिएको अग्रतालाई ८४ औं मिनेटमा दोब्बर बनाउँदै जित सुनिश्चित बनाए । रोनाल्डोले लुका माडिचको पासमा गोल गरेका थिए । तर दोस्रो हाफको ६ मिनेटमै बराबरी गोल खाएपछि मड्रिड दबावमा रह्यो ।

खेलको ५० औं मिनेटमा इभान रामिसले पेड्रो लियोनको क्रसपासमा हेडिङमार्फत गोल गरेपछि खेल बराबरीमा आईपुग्यो । तर रोनाल्डोले ८४ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै रियल मड्रिडलाई ३ अकं जोडाउदाँ आफनो उपस्थिति क्लबको लागि अनिवार्य भएको प्रष्टयाए । डानियल कार्भाजलले मिलाईदिएको क्रसपासमा उत्कृष्ठ टे«डमार्क हेडिङ गर्दै गोल गरे ।