अशोक दम्पतीद्वारा सहारा एकेडेमीलाई सहयोग

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन ३० गते २०७४ मा प्रकाशित


पोखरा (खेलाडी न्युज)—पोखरामा स्थायी घर भई हाल वेलायत बस्दै आएका अशोक गुरुङ दम्पतीले आफ्नो बैवाहिक जीवनको ३४ औं वसन्त प्रबेसको अवसरमा पोखराको सहारा एकेडेमीमा आर्थिक सहयोग गरेको छ । वेजिङ स्र्टोक यु.के. मा रहेका १० नेपाली प्रवासी जोडीको समुह अन्र्तगत अशोक गुरुङ र श्रीमती यशोदा गुरुङले आफ्नो ३४ औं वैवाहिक बर्षगाँठको अवसरमा ५१ हजार १ सय १ रुपैया सहारा एकेडेमीमा सहयोग हस्तान्तरण गरेका हुन ।

पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २२ पुम्दी भुम्दी स्थायी घर भई हाल पोखरा पार्दी विरौटा निवासी अशोकका बाबु क्याप्टेन टिकप्रसाद गुरुङ, आमा वेलकुमारी गुरुङको साथमा समुहका अभियान्ता समेत रहेकी सुदा गुरुङ र लालप्रसाद गुरुङको जोडीलेले सहारा एकेडेमीको अक्षयकोषमा उक्त रकमको चेक बुधबार क्लवका अध्यक्ष केशवबहादुर थापालाई खाद्यान्न सामाग्रीसहित हस्तान्तरण गरेका हुन । सुदा गुरुङले आफ्नो तर्फबाट ५ हजार सहयोग गरिन ।

वेजिङ स्टोर्क यु.के. मा रहेका १० नेपाली प्रवासि जोडीको समुहले सन २०१२ देखि इभर ग्रिन ग्रुप यू.के.ले परिचित रहेको छ । उक्त समुले प्रत्येक बर्ष भ्यालेनटाईन डे को अवसरमा च्यारीटि डिनर कार्यक्र गरी बचत हुने आउको रकमले नेपालको पुर्व देखि पशिचम क्षेत्रसम्म विभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्र्देै आएको छ । उक्त मसुहले हालसम्म २५ लाख रुपैया यसरी सहयोग गरिसकेको छ । गत बर्ष उक्त समुहले सहारालाई एक लाख सहयोग गरेको थियो ।