रामघाटमा खुल्ला बास्केटबल प्रतियोगिता शुरु

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन ३० गते २०७४ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)—वारीयर्स ग्रुपको आयोजनामा दोस्रो पुरुष तथा महिला बास्केटबल प्रतियोगिता रामघाटस्थित बास्केटबल कोर्टमा आजबाट शुरु भएकोछ । हेमंत गुरुङ र अनमोल गुरुङको समयोजना भईरहेको उक्त प्रतियोगितामा पुरुषतर्फ २२ टीम र महिला तर्फ ४ टीमको सहभागिता रहेको छ ।

आज भाएको पहिलो खेल चिमखोला र अर्चलबोट भएको थियो । उक्त खेलमा अर्चलबोट ६१—४० अन्तरको स्कोरले बिजय भएकोछ । त्येस्तै मर्सी ब्वाईज र हिस्तानबिच भएको दोस्रो खेलमा हिस्तान ५२—४१ स्कोरको अन्तरले बिजय भएको थियो । नदीपुर ‘ए’ र कफलडाडा ‘ए’ बीचको खेलमा नदीपुर’ए’ ५९—५० को स्कोरमा पराजित गरेको थियो । जीत हासिल गरेको थियो । त्यसैगरी आयोजक वारियर्स ग्रुपले याङ्जकोटलाई ४६—२७ स्कोरको अन्तरले पाखा लगाउदै जीत दर्ता गरेको थियो । प्रतियोगिताको नेपाल बास्केटबल संघका केन्द्रीय उपाध्यक्ष जुमप्रसाद गुरुङले उदघाटन गरेका थिए ।