त्रिकोणात्मक टी—२० सिरिजमा बंगलादेश भारतसँग फेरी पराजित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन ३० गते २०७४ मा प्रकाशित


एजेन्सी—निधास  ट्रफी टी—२० त्रिकोणात्मक सिरिजको पाँचौ खेलमा बंगालदेशलाई भारतले १७ रनले पराजित गरेको छ । भारतसित अघिल्लो खेलमा पराजित भएको बंगलादेशल दोस्रो खेलमा फेरी भारतसित पराजित हुन पुग्यो । बदला लिने राम्रो अवसर भएपनि अन्तिम दुई ओभरमा ३३ रनको खाँचो थियो । मुस्फिकरले इनिङ्स सम्हाल्दै आठ चौका र एक छक्का हान्दै ५५ बलमा ७२ रनको पारी खेलेपनि जितको लक्ष्य भने पुरा गर्न सकेनन् ।अबु हैदरले भने बलको सामना गर्नै पाएनन् । बंगलादेशले ६ विकेटको क्षतिमा १५९ रनमा समेटिन पुग्यो ।

सात रनमै पहिलो विकेट गुमाएको बंगलादेशको इनिङ्सलाई तामिम इक्बालले सम्हाल्ने प्रयास गरे । तर उनी पनि २७ रनमा पवेलियन फर्किए । सात रनमा खेलिरहँदा लिटोन दास वासिङ्टन सुन्दरको बलमा आउट भएका थिए । सौम्य सरकार पनि १ रनमै पवेलियन फर्किएपछि बंगलादेश दबावमा रह्यो ।

टस जितेर फिल्डिङ रोजेको बंगलादेशले व्याटिङको लागि भारतलाई निम्तो दियो । श्रीलंकाको कोलम्बोमा भईरहेको खेलमा भारतले पुरै २० ओभर खेल्दै तीन विकेटको क्षतिमा १७६ रनको लक्ष्य बंगलादेश सामु पेश गरेको थियो । ओपनर व्याट्सम्यान शिखर धवनलाई ३५ रनमा गुमाएको भारतका लागि रोहित शर्माले इनिङ्स सम्हाल्ने क्रममा ८९ रनको महत्वूर्ण योगदान गरे । उनले ६० बल खेल्ने क्रममा ५ चौका र ५ छक्का हिर्काए । भेट्रान्स खेलाडी सुरेश रैनाले पनि ४७ रन बनाई आउट भए । उनी तीन रनबाट अर्धशतक पुरा गर्नबाट चुके । उनलाई रुबेल हुसैनले आउट गरे । पछि भारतले तीन विकेटको क्षतिमा १७६ रन बनाई चुनौति पेश गरेको थियो ।