नदीपुर दोस्रो अभियान पुरुष भलिबल प्रतियोगिताको फाईनलमा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र २ गते २०७४ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)— पोखरा भलिबल ट्रेनिङ सेन्टर नदीपुरले नेपाल एपिएफ कालिका गण बीलाई १९–२५, २५–१७, २६–२४, २५–२१ को सेटले पराजित गर्दै फाईनलमा प्रवेश गरेको छ । अब फाईनलमा उसले शनिबार दोश्रो सेमिफाईनलको खेल बाराही मावि र नेपाल एपिएफ कालिका गण ए बीचको बिजेतासँग खेल्ने छ ।

अभियान युवा क्लबद्वारा आयोजित दोश्रो अभियान पुरुष भलिबल प्रतियोगिता २०७४ मा विगाभीय टोली शसस्त्र प्रहरी बल कालिका गण एपिएफ कालिका गण ए ले प्रगतिशिल युवा क्लब सिन्धुलीलाई २५–६, २५–११, २५–२३ अंकको सोझो सेटमा पराजित गर्दै सेमिफाईनल सुरक्षित गरेको थियो । पोखरा बहुमुखी क्याम्पसलाई १९–२५, २५–२०, ९–२५, २५–२३ र १५—८ को पाँचौ सेटमा बाराहीले जित निकाल्दै सेमिफाईनल प्रवेश गरेको थियो ।