म्याग्दीको हिस्तानलाई पोखरामा बास्केटबल उपाधी

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र ३ गते २०७४ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)—पोखरा वारियर्स क्लबद्वारा पोखरामा आयोजित अन्तर क्लब कास्केटबल प्रतियोगिताको उपाधी म्याग्दी अन्नपूर्ण गाँउपालिकाको हिस्तान क्लबले पाएको छ । शनिबार फाइनलमा हिस्तानले पुरुष तर्फको फाइनलमा अन्नपूर्ण गाँउपालिकको दर्मिजालाई ५८–४६ को स्कोरमा पराजित गर्दै उपाधी कब्जा गर्यो । उपाधी संगै हिस्तानले नगद ४० हजार समेत प्राप्त ग¥यो ।

उपबिजेता दर्मिजाले नगद २५ हजार प्राप्त गरेको छ । महिला तर्फको फाइनल खेलमा एक्स मनकामना टिमले कर्पाकेली पुन क्लब रामबजारलाई ३५–२८ को स्कोरमा पराजित गर्न सफल भयो । एक्स मनकामना पोखराले नगद १० हजार र उपबिजेता कर्पाकेलीले ५ हजार नगद प्राप्त ग¥यो । प्रतियोगितामा पुरुष तर्फ हिस्तानका युबराज पुनले उत्कृष्ठ खेलाडी घोषित भए । दर्मिजाका डेभिड पुनले हाइ स्कोररको उपाधी पाए । उनले प्रतियेगितामा २१ स्कोर गरेका थिए । महिला तर्फ एक्स मनकामनाकी बिनिता पुनले उत्कृष्ठ खेलाडी घोषित भईन् । लिस्नी पुनले हाइस्कोरर उपाधी पाउन सफल रहिन ।

वारियर्स क्लब, अमरसिंह पोखराको आयोजनामा भएको समापन कार्यक्रममा बास्केटबल बिजेताहरुलाई नेपाल बास्केटबल संघका उपाध्यक्ष जुम गुरुङ, कास्की जिल्ला बास्केटबल संघका अध्यक्ष धोज कुमार गुरुङ, कर्पाकेली पुन युबा क्लका अध्यक्ष रमेश पुन लगाएतले ट्रफी, मेडल, प्रमाणपत्र र नगद वितरण गरेका थिए । चैत १ गते देखि सञ्चलान भएको प्रतियोगितामा पुरुष तर्फ २३ र महिला तर्फ ५ टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा काठमाडौ, धरान, म्याग्दी, कास्की लगाएतका जिल्लाका क्लबहरुले सहभागिता जनाएका थिए ।