दोश्रो अभियान भलिबलको उपाधि कालिका गणलाई

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र ३ गते २०७४ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)—अभियान युवा क्लबद्वारा आयोजित दोश्रो अभियान पुरुष भलिबल प्रतियोगिता २०७४को उपाधि सशस्त्र प्रहरी बल कालिका गण ए ले जितेको छ । शनिबार भएको फाईनल खेलमा कालिका गणले पोखरा भलिबल ट्रेनिङ सेन्टर नदीपुरलाई २५–१७, २६–२४ र २५–१९ अंकको सोझो सेटले पराजित गर्दै उपाधि जितेको हो ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद ५० हजारको साथमा ट्रफी, पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो । उपविजेता टीमले नगद ३० हजार पुरस्कार प्राप्त गर्यो । त्यस्तै प्रतियोगिताको अनुशासित टीमको उपाधि प्रगतिशिल युवा क्लब सिन्धुलीले पाएको छ ।

प्रतियोगितामा बेस्ट स्पाईकर पोखरा भलिबल ट्रेनिङ सेन्टरका रुपेन्द्र नेपाली, बेस्ट सरभर कालिका गणका कृष्ण चौधरी, बेस्ट लिफटर कालिका गणका नुरबहादुर राना, बेस्ट डिफेन्डर कालिका गणकै मदन गुरुङ, बेस्ट ब्लकरको उपाधि पोखरा भलिबल ट्रेनिङ सेन्टरका सुनिल घमालले पाएका थिए भने बेस्ट प्लेयरको उपाधि कालिका गणका कुल बहादुर कार्कीले पाएका थिए । वरिष्ठ हाड जोर्नी नशा रोग विशेषज्ञ तथा मेट्रो सिटी हस्पिटल प्रालिका प्रमुख डा. भरत खत्रीले जीवनमा खेल अपरिहार्य रहेको बताउदै खेलले पोखरालाई चिनाउन सकिने बताएका छन् ।