कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सिग्देललाई मातृशोक

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र ७ गते २०७४ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)—कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देललाई मातृशोक परेको छ । ७३ वर्षिया माता मनहरा सिग्देलको आज विहान उपचारको क्रममा निधन भएको थियो । लामो समयदेखि चिसोबाट पीडित सिग्देलको पोखराको गैह्रपाटनस्थित फिस्टेल हस्पिटलमा उपचारको क्रममा निधन भएको हो ।

पार्थीव शरीरप्रति श्रद्धाञ्जली अर्पणको लागि केही समय कुँडहरस्थित निवासमा राखिएको छ । परिवारको उपस्थितिपछि आजै सेती नदी किनार रामघाटमा पार्थीव शरीरको अन्त्यन्टी गरिने छ । सिग्देलका तीन छोरा सुर्यकान्त, केशवकान्त र सन्जयकान्त छन् । चार छोरी रेखा, साधना, सम्झना र सरोजा छन् ।