पोर्चुगलको ९० मिनेटपछि कमब्याक, रोनाल्डोले गरे दुबै गोल

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र १० गते २०७४ मा प्रकाशित


एजेन्सी-अतिरिक्त समयमा उत्कृष्ठ कम व्याक गर्दै रोनाल्डोले दुई गोल गरेपछि पोर्चुगलले इजिप्टलाई मैत्रीपूर्ण खेलमा २-१ गोलले पराजित गरेको छ ।

मोहम्मद सलाहको गोलबाट अग्रता लिएको इजिप्टले जितको खुशीयालाी मनाउने तयारीमा रहँदा पोर्चुगल कप्तान रोनाल्डोले गोल गर्दै बराबरीमा ल्याए । इन्जुरी समयमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई जित दिलाउँदा इजिप्ट भने निराश हुन पुग्यो ।

युरोपियन गोल्डेन बुटको दौडमा रहेका सलाहले ५६ औं मिनेटमा गोल गर्दै पोर्चुगललाई दबावमा राखे । ९० मिनेटसम्म पछि परेको पोर्चुगलको भाग्य भने त्यसपछिको इन्जुरीमा खुल्यो । ९० प्लस १ मिनेटमा रोनाल्डोले गोल गर्दै बराबरीमा ल्याए । त्यसको दुईमिनेटपछि अर्को गोल थप्दै पोर्चुगललाई निराश हुनबाट जोगाउँदै खुशीको माहोल सृजना गरे ।

यसैगरी स्पेन र जर्मनी बीचको खेल १-१ गोलको बराबरीमा टुंगिएको छ । रोड्रिगोले गोल गर्दै स्पेनलाई दिलाएको अग्रतालाई जर्मनीले ३५ औं मिनेटमा मुलरको गोलबाट बराबरीमा खेल्यो । स्पेन र जर्मनीले यसभन्दा अघिको अन्तराष्ट्रिय भेटमा तीन पटक स्पेन र एक पटक जर्मनीले जितेको छ । रसियामा तीनमहिनापछि हुने विश्वकपको पुर्व तयारीको लागि खेलिएको मैत्रीपूर्ण खेलमा इग्ल्याण्डले नेदरल्याण्डलाई १-० ले पराजित गरेको छ । ५९ औं मिनेटमा लिन्गार्डले गोल गर्दै इग्ंल्याण्डलाई जित दिलाए ।