एथलेटिक्स टोली भुटान प्रस्थान

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र ११ गते २०७४ मा प्रकाशित


काठमाडौं (खेलाडी न्युज)- दक्षिण एसियाली क्रस कन्ट्री च्याम्पियनसिपमा सहभागी हुन ८ खेलाडीसहित १० सदस्यीय नेपाली एथलेटिक्स टोली आइतबार भुटानको थिम्पु प्रस्थान गरेको छ ।

मार्च २७ तारिखमा हुने प्रतियोगितामा समान ४–४ पुरुष÷महिला खेलाडीले प्रतिस्पर्धा गर्ने नेपाल एथलेटिक्स संघका सचिव आरके विष्टले जनाएका छन् ।पुरुष खेलाडीमा गजेन्द्र राई, कल्याण बानियाँ, टीकाराम कट्वाल र रामजी बस्नेत तथा महिलामा विश्वरुपा बुढा, रेशु बस्नेत, सानुमाया कार्की र विन्द्रा श्रेष्ठ रहेका छन् ।

टिम प्रशिक्षकमा एथलेटिक्स मुख्य प्रशिक्षक अमिरीप्रसाद यादव र चन्द्रबहादुर गुरुङ छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका महासचिव लामा टेन्डी शेर्पाले विदाई गरेका छन् ।