रसियामाथि फ्रान्सको सजिलो जित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र १४ गते २०७४ मा प्रकाशित


एजेन्सी—फ्रान्सले विश्वकप आयोजक रसियालाई मैत्रीपूर्ण खेलमा ३—१ पराजित गरेको छ । सेन्टर व्याकको अभाव रहदैं आएको जनाईरहँदा पूर्व विश्वकप विजेता फ्रान्सले कालियन एमबाप्पे र पाउल पोग्बाको गोलमा रसियामाथि ३—१ गोलको नजिता निकाल्यो । एमबाप्पले ४० र ८३ औं मिनेटमा गोल गरे । पोग्बाले भने ४९ औं मिनेटमा गोल गरेका थिए । रसियाको लागि फेडोर स्मोलोभले ६८ औं मिनेटमा गोल फर्काए ।

युक्रेनले पनि मैत्रीपूर्ण खेलमा एशियाली शक्ति जापानलाई २—१ गोल पराजित गरेको छ । ईरानले अल्जेरियाले २—१ गोलको नजिता निकाल्यो । इराक र सिरिजा बीच १—१ गोलमा टुंगियो । स्कटल्याण्डले हंगेरीलाई १—० गोलले पराजित गरेको थियो ।