बेलायती रेफ्रीले खेलाउने छैनन् रसिया विश्वकप

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र १६ गते २०७४ मा प्रकाशित


एन्जेसी- ८० वर्षपछि बेलायती रेफ्री रसियामा आयोजित विश्वकप फुटबल प्रतियोगितामा देखिने छैनन् । आठ दशकपछि बेलायती रेफ्री विहीन खेल्ने मात्रै नभई ६० वर्षपछि विश्वकप फुटबलमा इटालीले आफनो उपस्थिति जनाउने छ्रैन् ।

सन् १९३८ देखि हरेक विश्वकप फुटबलमा बेलायती रेफ्रीले खेल खेलाउँदै आएका थिए । विश्व फुटबलको प्रशासकीय निकाय फिफाले रुस विश्वकपका लागि ३६ जना रेफ्रीको नाम सार्वजनिक गरेको हो । जसमा बेलायतसँगै फुटबल लोकप्रिय खेल रहेको स्कटल्याण्ड, वेल्स र नर्दन आयरल्याण्डका रेफ्री परेका छैनन् ।

फिफाले प्रतियोगिताका लागि ४६ देशका गरेर ३६ रेफ्री र ६३ सहायक रेफ्रीको नाम सार्वजनिक गरेको हो । गएको दुई विश्वकप सन् २०१० र २०१४ मा बेलायतबाट एकमात्र रेफ्री हावार्ड वेभ रहेका थिए । उनैले २०१० को विश्वकप फाइनलमा स्पेन र नेदरल्याण्ड्सबीचको खेल खेलाएका थिए ।