लिभरपुल प्रिमियर लिगको दोस्रो स्थानमा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र १७ गते २०७४ मा प्रकाशित


पोखरा(खेलाडी न्युज) दोस्रो हाफमा कमब्याक गर्दै क्रिष्टियल प्यालेसमाथि २-१ गोलले पराजित गर्दै प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ । पहिलो हाफमा एक गोलले पछि परेको लिभरपुलले दोस्रो हाफमा उत्कृष्ठ लयमा फर्किदैै गोलस्कोर निकालेपछि तीन अंक जोड्दै ६६ अंकका साथ दोस्रो स्थानमा छ । यद्यपी म्यानचेष्टर युनाईटेडले केहीबेरमा स्वान्सी सिटीसँग खेल्ने छ । युनाईटेड ६५ अंक छ ।

सादियो मानेको गोलबाट बराबरीमा फर्किएको लिभरपुलको लागि निर्णायक गोल भने गोल्डेन बुटको दावेदार मोहम्मद सलाहले गरे । मानेले ४९ औं मिनेटमा गोल गर्दै बराबरी गरेका थिए । खेल सकिन ६ मिनेट बाँकी रहँदा सलाहले गोल गर्दै जित सुनिश्चित बनाए । खेलको १३ औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै लुका मिलेभोजेभिचले गोल गर्दै क्रिष्टियल प्यालेसलाई अग्रता दिलाएका थिए ।