मंगलबारदेखि छैटौ राष्ट्रिय ह्वीलचियर बास्केटबल प्रतियोगिता

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र १८ गते २०७४ मा प्रकाशित


file foto

पोखरा(खेलाडी न्युज)—मंगलबारदेखि पोखरामा छैटौं राष्ट्रिय ह्वीलचियर बास्केटबल प्रतियोगिता शुरु हुदैं छ । अपांग खेलकुद समिति कास्की र स्वाबलम्बन जीपनपद्धति केन्द्र पोखराको संयुक्त आयोजनामा हुने प्रतियोगितामा पोखरा, नेपालगन्ज र काठमाडौंका गरी ६ टोलीको सहभागिता रहेको अपांग खेलकुद समितिका अध्यक्ष भरतविक्रम बानियाँले बताए ।

गोर्खा बराह ज्वेलरी इण्डष्ट्रिज प्रालिको मुख्य प्रायोजन रहेको प्रतियोगितामा नेपाल आर्मी, जवलाखेल ह्वीलचियर स्पोर्टस क्लब, स्पाईनल कर्ड इन्ज्युरी स्पोर्टस एशोसियसन, ह्वलीचिर स्पोर्टस एशोसियसन, नेपालगन्ज ह्वीलचियर खेलकुद संघ र आयोजक पोखराको टिमको सहभागिता रहेको स्वालम्बन जीवन पद्धतित केन्द्रका अध्यक्ष हेमबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार नेपालगन्जको सहभागिता भने यो पहिलो हो ।

लिगको आधारमा खेलाईने प्रतियोगिताको विजेताले नगद ४० हजार, उपविजेताले २५हजार र तेस्रो हुने टोलीले नगद १५ हजार रुपैयाँसहित ट्रफी पदक तथा प्रमाणपत्र पाउने छ । उत्कृष्ठ खेलाडी र सर्वाधिक बास्केट(स्कोरिङ गर्ने ) गर्ने खेलाडीलाई ट्रफी प्रदान गरिनेछ । डिडा नेपाल, कास्की जिल्ला बास्केटबल संघको समन्वय र सहयोग रहने छ ।

पोखरा रंगशालास्थित बास्केटलबल कोर्टमा आयोजना हुने प्रतियोगितालाई लुम्बिनी विकास बैंक, राष्ट्रिय खेलकुद परिषद, माछापुच्छ«े बैंक लगायत विभिन्न संघसंस्थाले सहयोग गर्ने प्रतिबद्धता गरेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो । दुई दिने प्रतियोगिताको लागि खर्च भने १४ लाख ५२ हजार हुने अनुमान आयोजकले गरेका छन् ।