रुपन्देहीमाथि अत्तरियाको रवाफिलो जित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र १८ गते २०७४ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)—रुपन्देही च्यालेन्जर्सलाई ९ विकेटले पराजित गर्दै सिवाईसी अत्तरियाले गतवर्ष हारको बदला लिएको छ । १५.२ ओभरमा सबै विकेट गुमाउँदै रुपन्देही ६१ रनमा पवेलियन फर्कायो । सर्वाधिक रनको आँकडा भने
सुफयान मोहम्मदले बनाए । उनले २० रन जोड्ने क्रममा २५ बल खेले ।

प्रदीपसिंह ऐरी, सागर पुन र सुशान्त भारी शून्य रनमै पवेलियन फर्किएका थिए । के.एस ऐरीले चार ओभरमा १५ रन खर्चिएर चार विकेट लिएका थिए भने एस उराओले ३ विकेट लिए ।

६२ रनको लक्ष्य पछ्याएको अत्तरियाले कप्तान सुवाख खकुरेललाई १९ रनमै गुमाएपछि इनिङको सम्हल्दै पी तामाङ र जी चितकाराले जितसम्म डोर्याए । तामाङले १४ र चितकाराले ३० रन नटआउट हिर्काएपछि सहज जित निकाल्यो । केवल सात ओभर तीन बलमा लक्ष्य पुरा गरेको थियो । अहिले महेन्द्रनगर युनाईटेड र विराटनगर किंस बीच भईरहेको छ । महेन्द्रनगरले अहिले व्याटिङ गरिरहेको छ । तस्वीर अनलाईनखबर डटकम