विराटनगरलाई महेन्द्रद्वारा जितको लागि १६९ रनको लक्ष्य

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र १८ गते २०७४ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)—महेन्द्रनगर युनाईटेडले विराटनगरलाई जितको लागि १६९ रनको लक्ष्य दिएको छ । टस जितेर व्याटिङ गरेको महेन्द्रनगर युनाईटेडले पी मेहराको महत्वपूर्ण इनिङ्समा पाँच विकेटको क्षतिमा १६८ रन बनायो ।

मेहराले १८ बल खेल्दै दुई चौका र तीन छक्का हान्दै ३८ रनमा नटआउट रहे । ओपनर विनोद भण्डारीले महत्वपूर्ण इनिङमा खेल्ने क्रममा ३५ रन जोडे । ३५ रन बनाई कमतको बलमा आउट हुनु अघि भण्डारीले पाँच चौका र एक छक्का हान्न २९ बल सदुपयोग गरे । उनलाई नेपाली क्रिकेट जगतमा हिटरको उपनामले समेत चिनिन्छन् ।

पी.विष्टले पनि २४ रन बनाउन १४ बल खेले । विराटनगरका कप्तान पारस खड्काको बलिङको शिकार हुने क्रममा उनी पी बास्कोटाको हातबाट क्याच आउट भए । आसिफ शेखलाई उनीभन्दा अघि ९ रनमा गुमाएको थियो । एच. साहले १९ रन बनाई पवेलियन फर्किने क्रममा पारस खड्काले क्याच गरिदिए ।

आरिफ शेख पनि २० रनमा पवेलियनको बाटो लिदैं क्रिजबाट बाहिरिए । उनको व्याटबाट फुत्किएको बल विकेट किपर दिलिपनाथको हातमा पुग्यो । रोहितकुमार पौडेलले साथ दिने क्रममा ९ रनमा नटआउट रहे । एम श्रेष्ठले दुई विकेट लिए भने पारस खड्का, एस कामतले एक एक विकेट लिए ।