पेनाल्टीको अवसरमा आर्सनलको सहज जित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र १८ गते २०७४ मा प्रकाशित


एजेन्सी-स्टोक सिटीलाई ३-० गोलले पराजित गरेको आर्सनल प्रिमियर लिगको छैटौं स्थानमा यथावत छ । ३१ औं खेलको समीकरण पुरा गर्दा आर्सनलले ५१ अंक जोड्दै छैटौं स्थानमा रहेको छ । तीनै गोल दोस्रो हाफमा सम्भव हुदा दुई गोल भने पेनाल्टीमा गरेको थियो ।

ब्रुनो मार्टिन्सले मेसुट ओजिललाई डिबक्स भित्र लडाएपछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै आर्सनले गोलको खडेरी तोडेको थियो । ७५ औं मिनेटमा पिअरे एमरिक अवुयामेगले गोल गर्दै सवा घण्टापछि गोलको खाता खोलेको थियो । पियरेले नै व्यक्तिगत दोस्रो गोल भने ८६ औं मिनेटमा गरेका थिए । उनले ज्याक बडल्याण्डले दिएको कर्नर पासलाई सदुपयो गरेका थिए ।

आर्सनलले अन्तिम गोल भने ८९ औं मिनेटमा फेरी पेनाल्टीलाई उपयोग गर्यो । अलेक्जेण्डर लाकाजेट्टीलाई पेनाल्टी बक्समा बाडोउ एनडिएईले फउल हिर्काएपछि पेनाल्टीको अवसर सृजना हुन पुग्यो । पेनाल्टीलाई अलेक्जेण्डरले नै प्रहार गर्दै व्यक्तिगत गोलको खाता खोले ।