च्याम्पियन्स लिग, रियल र युभेण्ट्स क्र्वाटरफाईनल भिडन्त

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र २० गते २०७४ मा प्रकाशित


पोखरा(खेलाडी न्युज) गतवर्षको युरोपियन च्याम्पियन्स लिगको फाईनलको झल्को आज राती देख्न पाईने छ । गतवर्ष फाईनलमा उपाधिको लागि भिडेका स्पेनिस जायन्ट रियल मड्रिडले इटालियन सिरी च्याम्पियन युभेन्ट्ससँग खेल्दै छ । च्याम्पियन्स लिगको क्र्वाटरफाईनलमै भेटले गतवर्षको फाईनलको झल्को पक्कै दिने अनुमान फुटबल प्रेमीले गरेका छन् । युभेण्ट्सलाई पराजित गर्दै रियलले च्याम्पियन्स लिगको उपाधि उचालेको थियो ।

च्याम्पियन्स लिगमा सर्वाधिक सफल क्लबको सूचीमा रहेको एक्लो टोली रियलले युभेण्ट्ससँगको भेटमा पनि आफनो दबदबालाई कायमै राखेको छ । दुई क्लबको भेट २० औं हो । जसमा नौ जित रियलको नाममा छ भने युभेण्ट्सले आठ जित दर्ता गरेको छ ।

च्याम्पियन्स लिगमा सर्वाधिक सफल टिम रियलले पहिलो लेगमा युभेन्टससँग एलिनाज स्टेडियममा नेपाली समय अनुसार आज राति पौने एक बजे खेल्ने छ । रियल प्रशिक्षक जिनेदिन जिदानको पूर्व क्लब युभेन्टसविरुद्धको खेलमा क्लबका उत्कृष्ट खेलाडी क्रिस्टियानो रोनाल्डो, सर्जियो रामोस, मिडफिल्डर इस्को टिममा समावेश गर्ने छन् ।

ला लिगा अन्तर्गत लास पाल्मोसविरुद्धको खेलमा यी खेलाडीलाई आराम दिइएको थियो । तर डिफेन्डर नाचो भने चोटका कारण उपस्थित हुने छैनन् । यता घरेलु मैदानमा युभेन्टसका डिफेन्डर मेधी बेनाटे र मिडफिल्डर मिरालिम पिजानीकले खेल्न पाउनेछैनन् । दुवै खेलाडी प्रतिबन्धमा परेका छन् ।

त्यसमा पनि रियलविरुद्ध घरेलु मैदानमा १९६२ पछि हारेको छैन । यता रियल १३ औं पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्ने लक्ष्यमा छ । युभेन्टसविरुद्धको खेलमा रोनाल्डोको प्रदर्शन जहिले पनि राम्रो रहँदै आएको छ । उनले युभेन्टस विरुद्धका पछिल्ला पाँच खेलमा सात गोल गरेका छन् । अहिलेसम्म युभेन्टस ७ पटक अन्तिम चारमा पुगेको छ । घरेलु मैदानमा युभेन्टस २७ खेलदेखि अपराजित रहँदै आएको छ । जसमा उसले १६ खेलमा जित निकालेको छ भने बाकीँ खेलमा बराबरी खेलेको छ ।