अमरसिंह चौरमा दोस्रो एलजी कप सेभेन ए साइड फुटबल प्रतियोगिता

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र २० गते २०७४ मा प्रकाशित


upcoming l g association 7 a side football

पोखरा(खेलाडी न्युज)—पोखरेली खेलाडी यतिबेला निकै व्यस्त छन् । एकपछि अर्को सेभेन ए साईड फुटबल प्रतियोगिताले खेलाडीसाथै अफिसियललाई भ्याई नभ्याई छ । उल्लेख्य क्लबको सहभागिताले आयोजक उत्साहित हुदैं गएका छन् । आयोजकको उत्साहले पुरस्कार राशी समेत वर्षेनी बृद्धि हुदैं गएको छ ।

टुडिखेलमा सेभेन ए साईड फुटबल प्रतियोगिता टुंगिन पाएको छैन् । तीनदिनपछि पोखराको अमरसिंह चौरमा दोस्रो संस्करणको एलजी कप सेभेन ए साईड फुटबल प्रतियोगिता शुरु हुदैै छ । सम्भवत यो वर्षको अन्तिम सेभेन ए साईड फुटबल प्रतियोगिता हुने छ ।

लालिगुरास (एलजी) एशोसियनको आयोजनामा चैत २३ गते बाट बैशाख १ गते दोस्रो सस्करणको प्रतियोगिता आयोजना गर्दै छ । सेभेन ए साईड फुटबल प्रतियोगिता पोखराको प्रतिष्ठाको विषय बन्दै आएको छ । सबैभन्दा धेरै प्रतियोगिता र लामो समयसम्म खेलाडीको संलग्नता हुने गरेको छ । प्रतियोगितामा करिब ५० टिमको सहभागिता रहने प्रतियोगिताका संयोजक एवम संस्थाका कोषाध्यक्ष सुमन गुरुङले जानकारी गराएका छन ।

संयोजक गुरुङका अनुसार प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख ५० हजार, दोश्रोले ८० , तेश्रोले २० र चौथोले १० हजारका साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने कोषाध्यक्ष गुरुङले जानकारी दिए । यसैगरि प्रतियोगितामा वेष्ट प्लेयर र हाइएष्ट स्कोरर क्रमश नगद ८ हजारका साथमा ट्रफी पाउने छन भने वेष्ट डिफेन्डर, वेष्ट किपर, वेष्ट मिड फिल्डर र वेष्ट स्ट्राइकरले क्रमश नगद ४ हजारका साथमा ट्रफी र अनुशासित एक टिमलाई ट्रफी प्रदान गरिने छ ।

प्रतियोगिता सम्पन्न गर्न करिब १० लाख खर्च लाग्ने क्लबका अध्यक्ष डम्बर जङ्ग गुरुङले बताए । प्रतियोगितालाई मुख्य प्रायोजकका रुपमा हिमा अस एजुकेशन कन्सलटेन्सीले सहयोग गर्ने भएको छ । हिमा असले मुख्य प्रायोजन गर्न तिन वर्षका लागि क्लब संग सम्झौता गरेको अध्यक्ष गुरुङले बताए । यसैगरि आयोजक टिमका लागि श्री शिखर मल्टिप्रपोजले दुइ वर्ष सम्मका लागि जर्शी उपलव्ध गराउने भएको छ ।

क्लबले खेलकुद कृयाकलाप बाहेक अन्य सामाजिक कृयकलापमा पनि उत्तिकै सकृयता पूर्वक काम गरिरहेको र युवाहरुलाई समाज सेवामा उन्मुख गराएको क्लवका अध्यक्ष गुरुङले बताए । हाल युके, हङ्गकङ्ग, अष्ट्रेलिया, मकाउ र जापानमा समेत क्लबका शाखाहरु स्थापना भइसकेको गुरुङले जानकारी दिए ।