नेपालगन्जमा कप क्रिकेट टिम बिक्री

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र २० गते २०७४ मा प्रकाशित


नेपालगन्ज(खेलाडी न्युज)-नयाँ वर्षको आगमनसँगै मोफसली शहरमा नेपालगन्जमा क्रिकेट प्रतियोगिता हुदैं छ । क्रिकेट प्रतियोगिताको पुर्वसन्ध्यामा टिमको अक्सन गरिएको छ ।

आगामी बैशाख ३ गतेबाट कोहलपुरमा आयोजना हुन लागेको नेपालगन्ज कप प्रतियोगिताका लागि बनाइएका टिमहरु मंगलबार नेपालगन्जमा बिक्री गरिएको छ ।

नेपालगन्जमा भएको अक्सनमा सबैभन्दा बढी २ लाख ४० हजारमा बाँके बलष्टर टिम बिक्री भएको छ । महेश क्षेत्रीको कप्तानीमा रहेको बाँके ब्लास्टर्स अन्नपुर्णले किनेको हो । बर्दिया टाइगर १ लाख ७० हजारमा बिक्री भयो । लुम्बिनी यात्रीलाई रु १५०,००० मा जिशानले किनेको हो ।