चैट चैट चैट क्लब सेभेन ए साईडबाट चटकियो

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र २१ गते २०७४ मा प्रकाशित


पोखरा (खेलाडी न्युज)— दोब्रे एफसीले दोस्रो विरेन स्मृति कप सेभेन ए साईट फुटबल प्रतियोगितामा आज चैट चैट चैट क्लब एलाई चैट बनाईदिएको छ । दोब्रेले चैटलाई १—० गोलले पराजित गर्दै तेस्रो चरण यात्रा तय गरेको छ ।

बुद्धटोल युवा क्लवको आयोजनामा टुडिखेल मैदानमा भइरहेको फुटवल प्रतियोगितामा आज दिप युनाइटेडले मर्निङ गायजलाई ४–० गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गर्न सफल भयो ।

तारा फुटवल क्लवले इन्द्रेणी एकेडेमीलाई ६–२ गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गर्न सफल भयो । तेश्रो खेलमा एल जी एशोसियसनले लेकसाइड ब्वाइजलाई ४–० गोल अन्तरले पाखा लगाउदै अघिल्लो चरणमा प्रवेश ग¥यो । चौथो खेलमा बी १३ ले भदौरे फुटवल क्लवलाई ३–१ गोल अन्तरले पराजित ग¥यो ।

चैट चैट चैट बी र शुक्लागण्डकी भ्याली फुटवल क्लव बीच निर्धारित समयमा गोल हुन नसकेछि पेनाल्टीमा चैट चैट बीले शुक्ला गण्डकीलाई ३–१ गोल अन्तरले पराजित गर्न सफल भयो ।

सातौ खेलमा संगमले भिमकाली लाई ४–१ गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गर्न सफल भयोभने बुधबारको अन्तिम खेलमा एस वाइ सी तनहु र बिटी ब्लु बिच निर्धारित समयमा १ –१ गोलको बराबरीमा सकिएपछि पेनाल्टीमा एस वाइ सी तनहुले ६–५ गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गर्न सफल भयो । तस्विर सुशान्त गाहा मगर ।