मेरो भन्दा रोनाल्डोको गोल उत्कृष्ठ-जाल्टन

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र २१ गते २०७४ मा प्रकाशित


एजेन्सी-स्वीडेनका पुर्व कप्तान जाल्टन इब्राहिमोभिचले क्रिष्टियानो रोनाल्डोले युभेण्ट्स विरुद्ध गरेको ओभरहेड गोल(बाईसाईकल) उत्कृष्ठ गोल भएको बताएका छन् ।

भर्खरै मात्रै अमेरिकामका पुगेका जाल्टन इब्राहिमोभिचले पनि रोनाल्डोलाई गोल मेशिनको संज्ञा दिदैं आफनो भन्दा उत्कृष्ठ गोल भएको स्पष्ट पारे । उनले ईएसपिएन एफसीसँग भने (यो बिल्कुल भिन्न हो । रोनाल्डोको स्कोरिंग च्याम्पियन्स लिगमा हो मेरो भने एमएलएसमा हो ।

गोल गोल नै हो । यदि तिमीले तिम्रो टिमको लागि गोल गर्छौ भने त्यो महत्वपूर्ण हुन्छ । जाल्टनले भने जब तिमी गोल गर्छौ, त्यो सुन्दर हुन्छ । अत्यन्तै खुशीको अवस्था रहन्छ । ग्यालेक्सीमा आवद्ध जाल्टनले पनि एलए एफसी विरुद्धको खेलमा कम ब्याक गर्ने क्रममा गोलकिपर अगाडि बढेको अवस्थामा ४० मिटर परबाट हिर्काएको बल सिधैं पोष्टभित्र छिरेको थियो । जुन सिजनकै उत्कृष्ठ गोलको रुपमा रहेको ईएसपिएनले जनाएको छ ।

जतिबेला यो अवस्था आयो त्यो बारेमा मैले सोचिसकेको थिएँ । गोलकिपर पोष्टभन्दा बाहिर बसेको देखें । उनले भने जब मेरो खुट्टामा बल आयो तब मैले पर्फेक्ट ल्याण्डेड गरे । गोलले स्टेडियम नै क्रेजी हुन पुग्यो । टिम मेट्स, म पनि खुशीले पागल बने । जुन फिलिंग शब्दमा वर्णन गर्न कठिन हुन्छ ।

जिनेदिन जिदानले २००२ को च्याम्पियन्स लिगको फाईनलमा ओभरहेड गोल गरेको प्रसंगसँग जोडिएको छ । उनी जिदान अहिले रियल मर्डिडका प्रशिक्षकको जिम्मेवारी सम्हालेका छन् ।