सिटीविरुद्ध लिभरपुलको रवाफिलो जित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र २२ गते २०७४ मा प्रकाशित


एजेन्सी—च्याम्पियन्स लिगमा दुई छिमेकी क्लब बीचको प्रतिस्पर्धाले इग्लिस फ्यानहरु गज्जब मुडमा थिए । प्रिमियर लिग लीडर म्यानचेष्टर सिटी फेरी एक पटक लिभरपुलसँग प्रिमियर लिगमा झैं च्याम्पियन्स लिगको पहिलो लेगमा नराम्रो झड्का व्यहोरेको छ । प्रिमियर लिगमा हारको बदला चुकाउने अवसरलाई सिटीले गुमायो ।

प्रिमियर लिगमा लिभरपुलसँग मात्रै हारेको सिटी च्याम्पियन्स लिगमा पनि लिभरपुल नै प्रतिद्धन्द्धी पाएको थियो । सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले लिभरपुलका स्ट्राइकर रोक्ने आफनो मुख्य चुनौति रहेको बताईरहँदा नजिता ३—० ले पराजित हुदाँ आफनो अभिव्यक्ति झलझली सम्भिएका छन् ।

पहिलो हाफमै तीन गोलले पछि परेको सिटी च्याम्पियन्स लिगको पहिलो लेगबाट माथि उठ्न सक्ने सम्भवना क्षीण देखिएको छ । मोहम्मद सलाहको गोलबाट अग्रता लिएको लिभरपुलले अन्तिम गोल भने ३१ औं मिनेटमा गरेको थियो । २० औं मिनेटमा एलेक्स अक्लेड चाम्बलिन र ३१ औं मिनेटमा सादियो मानेले गोल गरेपछि लिभरपुलले सिटीमाथि रवाफिलो जित दर्ता गर्दै सेमिफाईलन प्रवेशको सम्भावनालाई बलियो बनायो ।

युरोपियन गोल्डेन बुटको हकदार रहँदै आएका सलाहले रोबर्टोले फिरमिनोले कर्नर बललाई क्विक रुपमा चलाउँदै निकालिएको पासमा सलाहले देब्रे खुट्टाले हानेको प्रकार पोष्टभित्र छिरेपछि रेडजर्सीका समर्थकको खुशीयालीले स्टेडियम गुन्जिएको थियो । २० औं मिनेटमा जेम्स मिल्नेरले दिएको पासमा चाम्बलिनले बारको माथिल्लो भाग च्याप्दै गोल गरेपछि लिभरपुल सिटी विरुद्ध निकै हावी देखियो । ३१ औं मिनेटमा मोहम्मद सलाहको पासमा सादियो मानेले बारको तल्लो कुनाबाट बललाई जालीको सम्पर्कमा पुर्याएपछि सिटीलाई खेलमा फर्किने सम्भावनालाई क्षीण बनाईदिए ।