अभागी एएस रोमा, उपहार गोलमा बार्सिलोनाको भाग्योदय

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र २२ गते २०७४ मा प्रकाशित


goal... team mates celebration

एजेन्सी—दुई उपहार गोलबाट शुरुवात गरेको स्पेनिस लिग लीडर बार्सिलोनाले पहिलो लेगमा इटालियन क्लब ए एस रोमालाई ४—१ गोलले पराजित गर्दै च्याम्पियन्स लिगको सेमिफाईनल ढोका खोल्ने सम्भावनालाई बलियो बनाएको छ ।

३८ औं मिनेटमा गोल रोक्ने क्रममा आफनै पोष्टभित्र बल छिरेपछि रोमालाई अभागीको संकेत देखियो । डानियल डी रोसीले आफनै पोष्टमा बल छिराएपछि रोमा निराश बन्दा बार्सिलोनाले खुशीयाली मनायो । अर्को गोल पनि उपहार नै पाउने क्रममा ५५औं मिनेटमा कोस्टास मनोलासले हिर्काए । अभागी रहेको रोमा दुई आत्मघाती गोलले पछि परेको अवस्थामा खेलमा फर्किने सम्भवाना कमजोर बन्दै गएको थियो ।

५९ औ मिनेटमा जेराड पिक्युले गोल गर्दै रोमामाथिको अन्तर फराकिलो बन्दै गयो । इडिन जेकोले ८० औं मिनेटमा गोल फर्काउँदै दबाव कम गरे । तर ८७ औं मिनेटमा लुईस स्वारेजले गोल गरेपछि बार्सिलोना ४—१को फराकिलो नजितासँगै सेमिफाईनल पुग्ने सम्भावना बलियो बनाएको हो ।

दुई स्पेनिस टोलीले च्याम्पियन्स लिगमा दुई इटालियन क्लबसँग भेट भएको थियो । स्पेनिस क्लबले जित निकाल्दा इटालियन क्लब भने दोस्रो लेगको पर्खाइमा छन् । यद्यपी खेलमा फर्किने अविस्वनीय खेल प्रदर्शन गर्नुपर्ने खाँचो छ । बार्सिलोना स्पेनिस लिगमा उत्कृष्ठ लयमा छ ।