सरार्फको अलराण्डर प्रदर्शनमा विराटनगरले निकाल्यो दोस्रो जित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र २२ गते २०७४ मा प्रकाशित


धनगढी(खेलाडी न्युज)—धनगढी टिम चौराहालाई १०९ रनमा समट्दै विराटनगर किंग्सले धनगढी प्रिमियर लिगमा दोस्रो जित निकालेको छ । १२८ रनको लक्ष्य पछ्याएको धनगढीलाई १०९ रनमा रोक्दै १८ रनले पराजित गर्दै प्लेअफको लागि योग्य बनाउने तर्फ अग्रसर बनेको छ ।

असफाक अहेमद र एस धमलाले गतिलो शुरुवात गर्ने क्रममा २२ र १२ रन बनाई आउट भएका थिए । रोहन मुस्तफाको नाममा ११ रन जोडिदाँ एस रानाले २५ रनको महत्वपूर्ण योगदान दिएका थिए । आर रिजालले १८ रन बनाए । तर अन्य व्याट्सम्यानको प्रदर्शन फितालो देखियो । टिम चौरहाका कप्तान सोमपाल कामी पनि तीन रनमा विराटनगरका कप्तान पारस खड्काले पवेलियन पठाएका थिए । पी सरार्फले चार विकेट, बसन्त रेग्मी र पारस खड्काले २—२ विकेट लिएका थिए । सरार्फ म्यान अफ दि म्याचको हकदार बने ।

टस जितेर व्याटिङ गरेको किग्सका सात व्याट्सम्यान दोहोरो अंकको रन विहीन रहे । छ खेलाडी पवेलियन फर्किदाँ आर गिरी १ रनमा नटआउट हुदैं ओभर टुग्याए । चार खेलाडीले दोहोरो अंकको रन हिर्काउँदै धनगढी प्रिमियर लिग २ टी—२० क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किग्सले १२८ रनको लक्ष्य धनगढी टिम चौराहा समक्ष प्रस्स्तुत गरेको थियो ।

पी. सर्राफले सर्वाधिक रन जोडनेले क्रममा ४१ रन बनाए । ३४ बल खेले । दुई छक्का र एक चौका ठोके । ए.के साहले २४ रन बनाई पवेलियनमा आरामको लागि मैदानबाट निस्किए । चार रनमै दिलिप नाथको विकेट गुमाएपछि किंग्सले सम्हलिन सकेन् । कप्तान पारख खड्का पनि उस्तै नियति दोहोर्याउने क्रममा दुई रनमै एस धमलाको बलमा एस रानाको हातबाट क्याच भए ।

बाबर हायात पनि १५ रन बनाएपछि क्रिजमा टिक्न सकेनन् । एस कामतले १८ रन बनाए । एस खनाल एक रनमा आउट भए । सस्तैमा समेट्ने क्रममा एस धमलाले चार ओभरमा एक मेडन राख्दै चार विकेट लिए । धनगढी टिम चौराहाका कप्तान सोमपाल कामी पनि आफनो नाममा दुई विकेट लेखाउँदा रोहन मुस्तफाले पनि दुई विकेट लिए ।