१६३४७ करोड भारुमा आईपिएल प्रत्यक्ष प्रसारण गर्ने अधिकार स्टार इण्डियालाई

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र २२ गते २०७४ मा प्रकाशित


एजेन्सी—पर्सीदेखि भारतीय प्रिमियर लिग (आईपिएल) शुरु हुदैं छ । क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता आईपिएलको ब्रोडकास्ट गर्न स्टार इण्डियाले १६३४७ करोड भारु (२.५५ बिलियन डलर) को अधिकार पाएको छ ।

पाँच वर्षसम्म आईपिएलका खेल गतिविधि प्रत्यक्ष प्रसारण गर्ने जिम्मेवारी स्टार इण्डियाले लिएको हो । स्टारले अन्तराष्ट्रिय प्रतियोगिता प्रत्यक्ष प्रसारणको लागि समेत अन्तराष्ट्रिय क्रिकेट काउन्सिलसँग १ दशमलव ९ बिलियन डलरमा सम्झौता गरेको छ । जुन सम्झौता २०२३ सम्मको छ । जुन ब्रोडकास्टको अधिकार सबैभन्दा बढी हो ।

स्टार इण्डियाले घरेलु भारतीय क्रिकेट विश्वव्यापी प्रसारणको लागि भने ६१३८ करोड भारतीय रुपैयाँ (९४४ मिलियन डलर) लगानी गर्दै अधिकार लिएको छ । प्रत्यक्ष प्रसारणका लागि भारतीय तीन च्यानलको प्रतिस्पर्धा भएको थियो । तर स्टारले सबैभन्दा बढी मूल्य तिर्दै अधिकार सुरक्षित गर्यो । स्टार इण्डियाले आज प्रत्येक खेलको प्रत्यक्ष प्रसारणको लागि ६० करोड भारु लगानी गरेको छ । जसको औसत आईपिएल खेलको २०१८—२०२२ सम्मको अवधिमा ५४.५ करोड भारु पर्ने छ ।

स्टार इण्डियाले १०२ पुरुष अन्तराष्ट्रिय खेलहरु आगामी पाँच वर्षमा प्रत्यक्ष प्रसारण गर्न पाउने छ । २०१८—१९मा १८ वटा, २०१९—२० मा २६ , २०२०—२१ मा १४, २०२१—२०२२ मा २१ र २०२२—२३ मा २१ खेल प्रत्यक्ष प्रसारण गर्ने अधिकार प्राप्त गरेको छ । प्रत्यक्ष प्रसारणको लागि तीन दिनसम्म विडिङ प्रक्रिया चलेको थियो । जसमा स्टार इण्डियासँगै सोनी पिक्चर्स नेटवर्क र रियलायन्सको प्रतिस्पर्धा गरेका थिए ।

गत मंगलबार अक्सन शुरु भएपछि सबैभन्दा बढी ४४४२ करोड भारुमा पुगेर स्थगित भएको थियो । दोस्रो दिन बढेर ६०३२ करोड भारु पुग्यो । अन्तिम दिन ६१३८ करोड भारुमा अक्सन विडिङ फाईनल भएको ईएसपिएन क्रिक इन्फोले जनाएको छ ।