भोलिबाट क्र्वाटरफाईनलका खेलहरु खेलाईने

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र २२ गते २०७४ मा प्रकाशित


पोखरा(खेलाडी न्युज) पुरानो टुडिखेलमा जारी दोश्रो बिरेन स्मृति कप तथा १२ औ बिटी कपमा भोलि शुक्रबारबाट क्वार्टर फाइनलका खेलहरु हुने भएको छ । बुद्धटोल युवा क्लवले आयोजना गरेको बिटी कपमा बिहीबार प्री क्वाटरफाइनल अन्तर्गत ८ खेलहरु सम्पन्न भए । बिहीबार सम्पन्न पहिलो खेलमा तारा फुटवल क्लवले सबिन मेमोरियललाई २–१ गोल अन्तरले पराजित गर्दै क्वार्टर फाइनलमा प्रवेश ग¥यो ।

दोश्रो खेलमा माइ पोखरा स्पोर्टस क्लव र एलजी बीच निर्धारित समयमा कुनैपनि गोल हुन नसकेपछि ट्राइबेकरमा पोखरा स्पोर्टसले एलजीलाई २–० गोल अन्तरले पराजित गरी क्वार्टर फाइनलमा प्रवेश गर्न सफल भयो । तेश्रोे खेलमा बी १३ ले लाप्पो फुटवल क्लवलाई ३–१ गोल अन्तरले पराजित ग¥यो । चौथो खेलमा दोब्रा फुटवल क्ल्वले आदर्श युवा क्लवलाई १ –० गोल अन्तरले पराजित गर्दै क्वार्टर फाइनलको यात्रा तय ग¥यो ।

पांचौ खेल लेकसाइड फुटवल क्लव र चैट चैट चैट बी बीच निर्धारित समयमा गोल हुन नसकेपछि ट्राइबेकरमा चैट चैट चैट बीले लेकसाइड फुटवल क्लवलाई २–१ गोल अन्तरले पराजित गर्दै क्वार्टर फाइनलमा प्रवेश गर्न सफल भयो । छैठौ खेलमा दिप युनाइटेडले शितलज्योती लाई ३–१ गोल अन्तरले पराजित ग¥यो ।

सातौ खेलमा बिष्णुपादुका फुटवल क्लवले एस वाइ सी तनहुलाई ३–१ गोल अन्तरले पराजित गर्दै क्वार्टर फाइनलको यात्रा तय ग¥योभने अन्तिम खेलमा संगम फुटवल क्लवले सराङकोटलाई ४–० गोल अन्तरले पराजित गर्दै क्वार्टर फाइनलमा प्रवेश गर्न सफल भयो । क्वार्टर फाइनल अन्तर्गत शुक्रबार ४ वटा खेलहरु हुने आयोजकले जनाएको छ ।