विराट गोल्डकपमा मनाङ फेरी एकपटक थ्री स्टारको शिकार

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र २३ गते २०७४ मा प्रकाशित


विराटनगर(खेलाडी न्युज) रुस्ला थ्री स्टार र लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी बीचको भेट सिजनको पाँचौ थियो । पाँचौ भेटमा पनि थ्री स्टारले मनाङ आफनै शिकार बनाई छाड्यो । यतिबेला थ्री स्टारको अगाडि मनाङ भने गरुढको छायाँमा परेजस्तो भएको छ ।

जित्ने सम्भावना देखाउँदै लिएको अग्रता जोगाउन नसक्दा विराट गोल्डकपबाट फेरी एकपटक मनाङ उपाधि विहीन हुदैं प्रतियोगिताबाट बाहिरिन पुग्यो । उत्कृष्ठ कम ब्याक गरेको रुस्लान थ्री स्टार क्लब विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । सहिद मैदानमा बिहीबार भएको दिवा रात्री खेलमा लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबलाई २–१ ले हराउँदै थ्री स्टार अन्तिम चारमा पुगेको हो ।

विशाल राईले १९ औं मिनेटमा गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए । विमल घर्ती मगरको गोलमा थ्री स्टार खेलमा फर्केको थियो । विमलले ७२ औं मिनेटमा बराबरी गोल फर्काएका थिए । ७५ औं मिनेटमा मार्टिन्सले गोल गरेपछि थ्री स्टारले अग्रता लिएको थियो । मार्टिन्सकै गोल खेलको निर्णायक बन्यो । उनी खेलको म्यान अफ दी म्याच बने र उनले १० हजार रुपैयाँ प्राप्त गरेको थियो ।

तीन दिन अघि बुटवलमा भएको मदन भण्डारी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा थ्री स्टारले मनाङलाई २–१ ले हराएको थियो ।यो सँगै थ्री स्टारले यो सिजन मनाङलाई सबै पाँच खेलमा हराएको छ । file pic