सिएसकेएमाथि आर्सनलको रवाफ

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र २३ गते २०७४ मा प्रकाशित


penalty kick

एजेन्सी -इग्लिस क्लब आर्सनलले युरोपा लिग क्र्वाटरफाईनलको पहिलो लेगमा फराकिलो जित निकाल्दै सेमिफाईनल सम्भावना प्रबल बनाएको छ । आर्सनलले सिएसकेए मस्कोलाई ४-१ गोल अन्तरले पराजित गर्दै सेमिफाईनल ढुक्क बनाएको हो ।

आरोन राम्सेले शुरुवात गोलमा लिएको अग्रतासँगै आर्सनलले जितको लागि पेनाल्टी समेत सदुपयोग गरेको थियो । नवौं मिनेटमा राम्सेको गोलबाट अग्रता लिएको आर्सनलले १५ औं मिनेटमा पुगेर बराबरीमा खेल्यो । अलेकसान्डर गोलोविनले फ्रिकिक मार्फत गोल गरेपछि खेल बराबरीमा पुग्यो ।

खेलको २३ औं मिनेटमा मेसुट ओजिललाई डिबक्स भित्र लडाएपछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै अलेक्सजण्डर लाकाजेट्टीले गोल गर्दै फेरी आर्सनललाई अग्रता दिलाए । उनको गोलबाट लिएको अग्रतालाई आरोन राम्सेले मेसुट ओजिलकै एयर बल पासमा जम्प गर्दै फिल्कि गरेपछि गोलकिपर नाघ्दै क्रसबारबाट भित्र छिरेपछि आर्सनलको अग्रता फराकिलो बन्न पुग्यो । लाजाजेट्टीले व्यक्तिगत दोस्रो गोल भने ३५ औं मिनेटमा गर्दै घरेलु मैदानमा आर्सनलले सिएसकेएलाई ४-१ गोलले पराजित गर्दै सेमिफाईनल यात्रा ढुक्क बनायो । अब दोस्रो लेगमा भने आर्सनलले आतित्थता स्वीकार्ने छ ।