माष्टर्स गल्फमा अमेरिकन गल्फर जोर्डनको दुई स्ट्रोकको लीड

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र २३ गते २०७४ मा प्रकाशित


4 under 68

एजेन्सी- माष्टर्स कप गल्फ अन्तर्गत जोर्डन स्पिथले ६ अण्डर ६६ खेल्दै पहिलो दिन अमेरिकन गल्फर माट कुचार र टोनी फिनाउमाथि दुई स्ट्रोकले लीड गरेका छन् ।

पहिलो दिन १८ होलको समाप्तीमा माट र टोनी भने दुवै चार अण्डर ६८ खेल्दै समान दोस्रो स्थानमा छन् । लामो समयपछि फर्किएका अर्का अमेरिक गल्फर टाईगर उड भने एक ओभर ७३ को स्थितिमा २९ औं स्थानमा छन् ।

पार ७२ को गल्फ कोर्षमा जोडर्न स्पिथले एक ईगल हाने । ईगल हान्नेमा उनी एक्ला गल्फर समेत हुन् । उनले सात बर्डी र सात ईभन पार खेल्दै अन्तिममा भने त्रिपल बोगी समेत खेपेका छन् । तर एकै होलमा भने डबल र त्रिपल बोगी भने खेपेनन् । तीन अण्डर ६९ मा रहेका स्पेनिस गल्फर राफेल काबरेराले बेल्लोले डबल बोगी खेपेपनि तीन अण्डरमा रहन सफल भए ।

उनी जस्तै अमेरिकन गल्फर र्माक लेईसम्यानले पनि डबल बोगीको सामना गरे । यद्यपी उनी दुई अण्डर ७०को स्थितिमा रहेका छन् । अमेरिकन गल्फर ब्रायन हारमनले दुईहोलमा डबल बोगीको सामना गरेपनि अन्त्यमा एक ओभर ७३ को कार्ड बनाएका छन् । सात गल्फरले समान तीन अण्डर ६९ खेल्दै दशौं स्थानमा छन् ।