डिपिएल २, काठमाडौंको अपराजित यात्रा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र २३ गते २०७४ मा प्रकाशित


wicket fall celebration

धनगढी (खेलाडी न्युज)—काठमाडौं गोल्डेन्सले धनगढी प्रिमियर लिग २ टी—२० क्रिकेटमा आज चौथो खेल जित्दै लिगको शीर्षस्थानमा यथावत रहेको छ । विराटनगर किग्सले दिएको १६५ रनको चुनौतिलाई काठमाडौं गोल्डेन्सले पाँच विकेटले पराजित गर्दै चौथो जितसँगै ८ अंकसहित शीर्षस्थानमा छ ।

घरेलु क्रिकेटमा जमेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लले नटआउट ६८ रनको महत्वपूर्ण इनिङ खेलेपछि विराटनगरले दिएको लक्ष्यलाई पुरा गर्दै अपराजित यात्रालाई कायमै राखे । उनले ४० बल खेल्दै ५ चौका र ४ छक्का हिर्काउँदै महत्वपूर्ण पारी खेले । बी. थापाले ३६ रनको योगदान दिए ।

ओपनर अमित श्रेष्ठलाई ५ रनमा गुमाएको काठमाडौंले दोस्रो विकेटको रुपमा एस. भाटीलाई गुमायो । नरेश बुढाएर चौथो विकेटको रुपमा बल खेल्दै शून्य रनमै क्रिज छाडेपछि पी थापाले पनि २४ रन बनाउने क्रममा बसन्त रेग्मीको स्पीनमा घुम्दै क्रिजबाट बाहिर निस्के । कप्तान ज्ञानेन्द्र मल्ललाई विदेशी खेलाडी सन्नी पटेलले नटआटउ २५ रनको खेल्दै अन्तिमसम्म साझेदारी निभाए ।

पहिलो इनिङमा व्याटिङ गरेको विराटनगर किग्सले बाबर हायतको ६७ रनको योगदानमा १६४ रनको सम्मानजनक स्कोर तयार पारेको थियो । आठ विकेट गुमाउने क्रममा विराटनगरले ए.के साहलाई १० रनमै पवेलियनको बाटो समाएपछि दिलिप नाथ व्यक्तिगत ३३ रनमा आउट भए । उनलाई ललित राजवंशीले आउट गरे ।

बसन्त रेग्मीले १० र पृथु बास्कोटाले ११ रन जोडे । पाँच खेलाडी दोहोरो अंकको रन बनाउनबाट टाढा रहे । ललित राजवंशीले तीन, रसिद खानले २ विकेट लिएका थिए । म्यान अफ दि म्याच काठमाडौंका कप्तान ज्ञानेन्द्र मल्ल घोषित भए ।