सरकारले धुर्मुस सुन्तली फाउण्डेसनलाई क्रिकेट रंगशाला बनाउन ‘पोखरा जान’ प्रस्ताव

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र २३ गते २०७४ मा प्रकाशित


हेटौंडा(खेलाडी न्युज)—यहा क्रिकेट रंगशाला बनाउन प्रदेश सरकार नै उत्साहित भएर लागेको छ । धुर्मुस सुन्तली फाउण्डेसनले हेटौंडाको गौरीटार रंगशाला अवलोकन गरेको छ । मुख्यमन्त्री स्वयम् सहभागी भएर जग्गा हेरिएको थियो ।
तर, सरकारले फाउण्डेसनलाई ‘पोखरा जान’ प्रस्ताव गरेको छ ।

कलाकार सीताराम कट्टेल (धुर्मुस) ले क्रिकेट रंगशाला बनाउने घोषणा गर्दै हेटौंडा, मुलपानी र चितवनसहित स्थानमा जग्गा हेरेका थिए । फाउण्डेसनका पदाधिकारीले खेलकुदमन्त्री जगत् विश्वकर्मालाई भेटेर प्रपोजल नै बुझाएका छन् । पोखरा, खेलकुदमन्त्री विश्वकर्माको गाउ“ पनि हो । औपचारिक निर्णय नभए पनि मुलपानी वा चितवनमा रंगशाला बनाउने सकिने देखिएको छ ।

तर, युवा तथा खेलकुद मन्त्रालयले मुलपानीको रंगशाला आफैं बनाउने बताएको छ । मन्त्री विश्वकर्माले भने–जग्गा विवाद मिलाउन प्रयत्न गरिसकेका छन् । छिट्टै समाधान गरेर काम थाल्छौं र २ वर्षभित्र निर्माण सक्छौं ।
मुलपानीमा ४७ आना जग्गा मुआब्जा विवाद छ । स्थानीयले सरकारले दिएको मुआब्जामा चित्त नबुझाएपछि रंगशाला क्षेत्रकै छेउमा सट्टा जग्गा दिने प्रस्ताव मन्त्रिपरिषद्मा लगिने सचिव महेशप्रसाद दहालले जानकारी दिए ।

मुआब्जा विवाद समाधान भएलगत्तै चालु आर्थिक वर्षमा विजियोजन भएको १० करोडले काम थाल्ने र अर्को वर्ष प्यारापिट निर्माण सक्ने योजना छ । २ वर्षमा सबै काम सकेर रंगशाला तयार बनाउने सचिव दहालले सुनाए ।
सरकारले रंगशाला निर्माणमा जुटेका धुर्मुसलाई पोखरामा क्रिकेट रंगशाला बनाउन प्रस्ताव गरेको छ ।

‘डेढ वर्षमा रंगशाला बनाइसक्ने भए अन्तर्राष्ट्रिय विमानस्थल भएको ठाउ“मा बनाउ“दा राम्रो हुन्छ,’ सचिव दहालले भने–हामीले पोखरा जान प्रस्ताव गरेका छौं । नभए, काठमाडौंमा नै अर्को कुनै ठाउ“मा क्रिकेट रंगशाला बनाउन प्रस्ताव गरिएको छ । सरकारी प्रस्तावअनुसार जग्गा हेर्न धुर्मुस सुन्तली फाउण्डेसनका पदाधिकारीहरु पोखरा जाने तयारीमा छन् । पोखरामा क्रिकेट मैदान भए पनि रंगशाला बन्न सकेको छैन ।