मकवानपुरको फुटबल विवाद मत्थर, लामाको नेतृत्वमा कार्यसमिति निर्विरोध

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र २३ गते २०७४ मा प्रकाशित


हेटौंडा(खेलाडी न्युज) -मकवानपुर जिल्ला फुटबल संघमा नेतृत्व विवाद शुक्रबार सहमतिमा टुंगिएको छ । अखिल नेपाल फुटबल संघ सहमहासचिव सञ्जीव मिश्रको रोहवरमा भएको निर्वाचनले टीकाराम लामाकै नेतृत्वमा १३ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो ।

प्रथम उपाध्यक्षमा सुबिन घिमिरे, द्वितीय उपाध्यक्षमा अजय मानन्धर र तृतीय उपाध्यक्षमा राजकुमार श्रेष्ठ चयन भएका छन् । सदस्यमा युनाल मल्ल, अमृत लुङ्बा, सञ्जयकुमार महर्जन, राजेन्द्रकुमार श्रेष्ठ, अतुल वर्मा, बिमल श्रेष्ठ टोनी, छवि सुवेदी, मणिष श्रेष्ठ र सुशीला अर्याल छन् । शुक्रबारको नेतृत्व चयनका लागि एन्फाले उपमहासचिव मिश्रलाई प्रतिनिधि पठाएको थियो । मिश्रकै अगुवाइमा अधिवेशन÷निर्वाचन भएको हो । मिश्रले मंगलबार भक्तपुरमा अधिवेशन हुने र वैशाखभित्र केन्द्रीय अधिवेशन हुने बताए ।

यसअघि अखिल नेपाल फुटबल संघले मकवानपुर जिल्ला फुटबल संघमा चयन गरिएको नया“ नेतृत्वलाई मान्यता नदिइने बताएको थियो । केन्द्रीय महासचिव धीरेन्द्र प्रधानले जिल्ला संघको नया“ नेतृत्वलाई मान्यता नदिइने जनाएपछि विवाद बढेको थियो ।

अधिवेशन स्थगित भइसक्दा पनि मकवानपुरमा निर्वाचन सर्वसम्मत् चयन भएको सञ्चारमाध्यममा आएको भन्दै केन्द्रले एन्फाको निर्वाचन निर्देशिका, २०७४ बमोजिम केन्द्रीय प्रतिनिधिको रोहवरमा निर्वाचनलाई मात्र मान्यता प्रदान गरिने प्रावधानअनुरुप जिल्ला फुटबल संघको भएको भनिएको निर्वाचनलाई एन्फाले मान्यता र आधिकारिकता प्रदान नगरेको केन्द्रीय महासचिव प्रधानले जारी गरेको विज्ञप्तिमा उल्लेख थियो ।

निकै विवाद र तनावबीच हेटौंडामा भएको मकवानपुर फुटबल संघको अधिवेशनले अध्यक्षमा एफसी पोतालाका लामालाई निर्विरोध निर्वाचित गरेको थियो । माघ ५ गते भएको अधिवेशनमा केन्द्रीय प्रतिनिधि अखिल नेपाल फुटबल संघका बरिष्ठ उपाध्यक्ष मणि कुवरले अधिवेशन छाडेर हिडेका थिए । अधिवेशन छोडेर हि“डे पनि लामाकै नेतृत्वमा नया“ कार्यसमिति घोषणा गरिएको थियो ।

चैत १४ गतेका लागि तय भएको एन्फाको केन्द्रीय अधिवेशनमा मकवानपुरको विवादका कारण भन्दै उच्च अदालत पाटनले अधिवेशन रोक्न एन्फालाई आदेश दिएपछि शुक्रबार हेटौंडामा सहमतिका आधारमा नेतृत्व चयन भएको हो ।
मकवानपुर फुटबल संघ बरिष्ठ उपाध्यक्ष मणिष श्रेष्ठले उच्च अदालतमा आफ्नो प्रतिनिधित्व नभएर अधिवेशन गरेको भन्दै रिट दायर गरेपछि त्यसको प्रभाव एन्फाको केन्द्रीय अधिवेशनमा परेको थियो ।