रुस्लान थ्री स्टार विराट गोल्डकपको फाइनलमा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र २५ गते २०७४ मा प्रकाशित


विराटनगर(खेलाडी न्युज)– नेपाल आर्मी विराटगोल्डकपको फाईनलमा प्रवेश गरेको छ । प्रवेशसँगै सिजनको आठौ उपाधिको लागि रुस्लान थ्रीस्टारसँग खेल्ने छ ।

यो सिजन विरलै उपाधि गुमाएका दुई क्लब बीचको प्रतिस्पर्धा अझ रोमाञ्चक हुने आशा र विश्वास धेरैले गरेका छन् । आर्मीले सिजनका सात र रुस्लानले चार उपाधि आफनो नाममा लेखाईसकेका छन् । दुवै मोफसलका शहरमा आयोजना हुने ठूलो प्रतियोगिताका हकदार बन्दै आएका छन् । सहिद रंगशालामा शनिबार भएको दिवा रात्री सेमिफाइनलमा सिएमजी क्लब संकटालाई ४–० को फराकिलो अन्तरले हराउँदै उपाधि नजिक पुगेको हो ।

संकटाविरुद्ध जित दिलाउन विदेशी खेलाडी मार्टिनले २ तथा बुद्ध चेम्जोङ र विमल घर्तीमगरले समान १ गोल गरे । थ्रीस्टार मनाङ मस्र्याङदी र संकटा एपिएफलाई हराउँदै अन्तिम चारमा पुगेका थिए । थ्रीस्टारले ४३ औं मिनेटमा मार्टिनको गोलबाट खेलमा अग्रता बनाएको थियो । विमलको पासमा मार्टिन्सले पहिलो गोल गरेका थिए ।

५५ औं मिनेटमा बुद्धले टोलीका लागि दोस्रो गोल गरे । कप्तान नीराजन खड्काको प्रहारलाई गोलकिपरले ‘क्लियर’ गर्न नसकेको फाइदा उठाउँदै बुद्धले बललाई पोष्टको दिशा दिएका थिए । मार्टिन्सले ७६ औं मिनेटमा अर्को गोल थपे । रुपेश केसीको क्रसमा मार्टिन्सले गोल थपेका थिए । पहिलो गोलमा पास दिएका विमलले ७९ औं मिनेटमा गोल गरे । मध्यभागबाट एक्लै अघि बढेका विमलले त्यो मौका खेल जान दिएनन् र गोल गरे ।

थ्रीस्टार ८ औं मिनेटमा अग्रता लिनबाट चुक्यो । खाली पोष्टमा विजय धिमाल चुक्दा अग्रता लिन ४३ औं मिनेट सम्म पर्खनु प¥यो । ३९ औं मिनेटमा बुद्धको प्रयास पनि असफल भयो । ४१ औं मिनेटमा कप्तान निराजन पनि चुके । १५ औं मिनेटमा सुनिल खड्काको प्रहार दायाँ बार हुँदै बाहिरिंदा संकटा थ्रीस्टारलाई दबाबमाराख्नबाट चुक्यो । ४२ औं मिनेटमा सुनिलकै प्रहारमा थ्रीस्टारका गोलकिपर एलन न्यौपाने बाधक बने ।

६२ औं मिनेटमा लक्ष्मण रुचालले विपक्षी अवरोधलाई छिचोल्दै मिलाइदिएको बलमा विदेश खेलाडी फोडे ढिलो हुँदा संकटा खेलमा फर्कन सकेन । इन्जुरी समयमा जिब्रेलको प्रहार पोष्टमाथिबाट बाहिरिंदा संकटाले सान्त्वान गोल पनि फर्काउन सकेन । सिजनमा १० वटा प्रतियोगितामा सहभागी थ्रीस्टार विराट गोल्डकप सहित गरेर आठवटामा फाइनलमा पुगेको टिम हो । विमल खेलको म्यान अफ दी म्याच घोषित भए र १० हजार रुपैयाँ प्राप्त गरे ।