मेस्सीको करियरको ४५ औं ह्याट्रिक, बार्सिलोनाको अपराजित यात्रा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र २५ गते २०७४ मा प्रकाशित


एजेन्सी—लियोनेल मेस्सीले करियरको ४५ औं ह्याट्रिक गरेपछि बार्सिलोनाले लेगानेस विरुद्धको ३—१ ले जित्दै अपराजित यात्राको रेकर्ड बराबरी गरेको छ ।

३८ खेलसम्म अपारजित रहदैं बार्सिलोनाले ३८ वर्षअघि रियल सोसिडाडले बनाएको रेकर्ड बराबरी गरेको हो । अर्को साता भ्यालेन्सियासँग खेल्दै रेकर्ड बनाउने सम्भावना भने बलियोसँगै कठिनपनि उत्तिकै छ ।

मेस्सीको प्रेरणादायी खेलमा उनले ह्याट्रिक पुरा गर्ने क्रममा २७, ३२ र ८७ औं मिनेटमा गोल गरेका थिए । ६८ मिनेटमा नविल एजहारले गोल गर्दै लेगानेसको लागि सान्त्वना दिए । मेस्सीले पहिलो गोल फ्रिकिकबाट गरे । रोविन पिरेजलाई डिमिट्रोभ सिओभासले फउल हिर्काएपछि पाएको फ्रिकिकलाई मेस्सीले बायाँ खुट्टाले प्रहार गर्दै गोल गरी बार्सिलोनालाई अग्रता दिलाए ।

३२ औं मिनेटमाा फिलिम काउन्टिहोको पासमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गरेका थिए । ओसामाने डिम्बेलेको पासलाई सदुपयोग गर्दै मेस्सीले ह्याट्रिक पुरा गरेका थिए । जितसँगै बार्सिलोनाले १२ अंकको अग्रता लिएको छ । एथलेटिको मड्रिडले आज राती रियल मड्रिडसँग खेल्ने छ ।