बार्यनलाई बुन्डेसा लिग

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र २५ गते २०७४ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-बार्यन म्युनिखले छैटौं पटक जमर्न बुन्डेसा लिग उपाधि रक्षा गरेको छ । लगातार छैटौं पटक जर्मन ब्रुन्डेस लिगा कप फुटबलको उपाधि जितेको छ । शनिबार राति अग्स्बर्गलाई ४–१ गोलले हराउँदै म्यूनिखले लिगको पाँच खेल खेल्न बाँकी हुँदै उपाधि जितेको हो । सन् २०१२–०१३ देखि बार्यन म्यूनिख लगातार बु्रन्डेस लिगाको च्याम्पियन बन्दै आएको छ ।

बार्यनले २९ खेलबाट ७२ अंक जाडेको छ भने दोश्रो स्थानको साल्केको २८ खेलबाट ५२ अंक मात्र छ । बार्यनलाई जिताउन कोरेन्टिन टोलिसो, जेम्स रोड्रिग्वीज, आर्यन रोविन र सान्द्रो वाङगरले एक–एक गोल गरे । म्यूनिखकै निक्लास सुलेले आत्मघाती गोल गरेपछि अग्स्बर्गले १८ औं मिनेटमा खेलमा अग्रता लिएको थियो । त्यसपछि बार्यनले चार गोल गर्दै नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।