विराटनगर किंग्सलाई पराजित गर्दै सिवाईसि अत्तरिया प्लेअफमा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र २५ गते २०७४ मा प्रकाशित


धनगढी(खेलाडी न्युज)—विराटनगर किंग्सलाई ६ विकेटले पराजित गर्दै सिवाईसि अत्तरिया धनगढी प्रिमियर लिग २ को प्लेअफमा स्थान सुरक्षित बनाएको छ ।

भी चन्द्र र दिपेन्द्रसिंह ऐरीले तेस्रो विकेटको लागि महत्वपूर्ण साझेदारी गरेपछि सिवाईसी अत्तरिया धनगढी प्रिमियर लिग २ को प्लेअफमा स्थान बनाउन सफल भयो । विराटनगर किंग्सले दिएको ५६ रनको लक्ष्यलाई चार विकेटको क्षतिमा दुईबल बाँकी छदाँ पुरा गरे ।

तेस्रो विकेटको लागि ऐरी र भी चन्द्रले ४६ रनको साझेदारी गरेका थिए । तर अन्तिम ओभरमा दुई विकेट झरेपछि दबावमा रहेको अत्तरियालाई दबाव परेको थियो । भी चन्द्रले २६ रन बनाई नटआउट रहदाँ ऐरी भने २० रनमा आउट भएका थिए । ए. थापाले १ रन जोड्दै लक्ष्य पुरा गर्दै पाँच अंकसहित चौथो रहदै प्लेअफको लागि ढोका खोल्यो ।

पहिलो बलमै जी चितकरा डकआउट भएपछि दबाव रहेको अत्तरियाको के. भुर्तेल ४ रनमै पवेलियन फर्किएका थिए । यद्यपी इनिंग्सलाई भने भी चन्द्रले सम्हाल्दै जितसम्म डोर्याए ।

पानीले मैदान भिजेपछि ढिलो गरी शुरुभएको खेलमा विराटनगर किंग्सले सिवाईसी अत्तरिया विरुद्ध व्याटिंग गर्दै ५६ रनको चुनौति पेश गरेको थियो । टस हारेर व्याटिंग गर्न आएको विराटनगरले छ ओभरमा तीन विकेट गुमाउँदै ५५ रन बनाएको थियो ।

बाबर हायतले १४ रन बनाई पहिलो विकेटको रुपमा पवेलियन फर्किएपछि किग्ंस ए।के साहले १५ रन, पारस खड्काले ९ रनमा आउट भए । दिलिप नाथले १५ रन बनाई नटआउट रहदाँ पी। सर्राफले भने शुन्यमा रहेर नटआउट खेले । के। एस ऐरीले दुई विकेट लिए । अत्तरियाका खेलमा म्यान अफ दि म्याच भी चन्द्र घोषित भए ।