मड्रिड डर्बीमा रियल र एथलेटिको बराबरी

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र २६ गते २०७४ मा प्रकाशित


एजेन्सी—लिएको अग्रता जोगाउन नक्साद मड्रिड डर्बीमा रियल र एथलेटिकोले बराबरीमा टुंगिदै अंक बाडँेका छन् । एन्टिनियो ग्रिजमनले बराबरी गोल गरेपछि एथलेटिको मड्रिडको सम्भावित हारलाई जोगाउँदै मड्रिड डर्बीमा आफनो इज्जत बचाई राखे ।

क्रिष्टियानो रोनाल्डोले गोल गर्दै रियल मड्रिडलाई अग्रता दिलाएका थिए । ५३ औं मिनेटमा उनले गोल गर्दै दिलाएको अग्रतालाई ५७ औं मिनेटमा ग्रिजमनले बराबरी गरेपछि दुवैले अंक बाड्न बाध्य भए । पहिलो हाफ सन्तुलित र गोलरहित बराबरीमा टुंगिएको थियो । गारेथ बेलले दिएको फ्लिकमा रोनाल्डोले गोल गर्दै आफुलाई अझै फिटको संज्ञा दिए ।

उता ग्रिजमनले भने भिटोलोको पासलाई सदुपयोग गर्दै प्रहार गरेको लेफ्ट फुटेट सट गोलमा परिणत भएपछि समर्थकले बराबरीको खुशीयालाी मनाएका थिए । अंक तालिकामा बार्सिलोना भन्दा ११ अंक पछि छ एथलेटिको । बार्सिलोना ७९ अंक छ भने एथलेटिकोको ६८ अंक छ । तेस्रो स्थानमा भ्यालेन्सिया ६५ र चौथो स्थानमा रियल मड्रिड ६४ अंकमा छ ।