महेन्द्रनगरले फाइनल प्रवेशका लागि काठमाडौंसँग खेल्ने

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र २७ गते २०७४ मा प्रकाशित


धनगढी(खेलाडी न्युज) – सिवाईसि अत्तरियालाई १५ रनले पराजित गर्दै महेन्द्रनगर युनाइटेड धनगढीमा जारी रुस्लान धनगढी प्रिमियर लिग ९डिपिएल० –२ को क्वालिफायरमा प्रवेश गरेको छ । इलिमेटर अन्तर्गत मंगलबार भएको खेलमा सिवाइसी अत्तरियालाई १५ रनले पराजित गर्दै महेन्द्रनगर क्वालिफायर दुईमा प्रवेश गरेको हो ।

महेन्द्रनगरले दिएको १ सय ३१ रनको लक्ष्य पछ्याएको अत्तरियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय १५ रनमात्र बनाउन सक्यो । अत्तरियाका सुवास खकुरेलले ३० रन बनाएपनि टिमलाई जिताउन सकेन । विपीन चन्द्रा २८ रनमा अविजित रहे । दीपेन्द्रसिंह ऐरी २७ रनमा आउट भए । दीपेन्द्र र विपीनले चौथो विकेटका् लागि ५० रनको साझेदारी गर्दै इनिङ्स उकासेपनि टिमलाई जिताउन सकेनन् ।

मध्यम शुरुवात गरेको अत्तरियाले सुवास र गौरव चितकारा ले ५।४ ओभरमा दोस्रो विकेटको लागि ४२ रनको साझेदारी गरेका थिए । २५ बल खेलेका सुवासले १ छक्कार २ चौकाको मद्दतमा ३० रन बनाए । गौरव चितकारा १४ रनमा आउट भए । प्रेम तामाङ ५ रनमा पभेलियन फर्किए । महेन्द्रनगरका रोविन क्षेत्रीले २ तथा भुवन कार्कीले १ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको महेन्द्रनगरले निर्धारित २० ओभरमा ७ विकेट विकेट गुमाएर १ सय ३० रन जोड्यो ।

पहिलो ओभरमै कप्तान विनोद भण्डारीलाई १ रनमै गुमाएको महेन्द्रनगरको इनिङ्स आरिफ शेख र पुनित विष्टले सम्हाने प्रयास गरेका थिए । पुनित ६ रनमा आउट हुदा आरिफ ३५ रनमा आउट हुन पुगेका थिए । आसिफ शेख ११ रनमा आउट भए । रोहित कुमार पौडेल पनि सस्तैमा आउट हुने क्रममा ११ रन मात्रै जोडे । पुनित मेहरा रनमा २६ रनमा आउट भए । प्रनित थापा मगर ५ रनमा आउट भए । करण केसी आविजित रहने क्रममा २४ रन हिर्काए । उनको व्याटबाट १३ बलमा १ छक्का र ३ चौका निस्कियो ।

अत्तरियाका कमल सिंह ऐरीले २ विकेट लिए । कृष्ण कार्की, शुभांकर उराओ, विनोद लामा, दीपेन्द्रसिंह ऐरी र विपीन चन्द्राले समान १ विकेट लिए । खेलमा महेन्द्रनगरका लागि उत्कृष्ट बलिङ् गरेका रबिन क्षेत्री म्यान अफ द म्याच घोषित भए। अब महेन्द्रनगरले फाइनल प्रवेशका लागि काठमाडौंसँग खेल्नेछ । खेल बुधबार हुनेछ ।